भरतपुरमा आज तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० हुदै छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक (एमटिब–एक्ससिओ) हुन लागेको हो।
भरतपुर भ्रमण वर्ष मनाउने क्रममा चितवनमा साइक्लिङ आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक सन्तु दराइले बताउनु भयो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ।
यस प्रतियोगितामा इलाइट पुरुष र महिला, पुरुष मास्टर्स (४० वर्षमाथि), जुनियर पुरुष (१७ र १८ वर्ष) तथा चितवन विषेश महिला र पुरुष विधा रहनेछ। जसमा राष्ट्रियस्तरका स्वदेशी र विदेशी गरी करीब १५० जना साइक्लिस्टले सहभागिता जनाउने बताइएको छ।
यो प्रतियोगिता मलेसियामा हुने एसियन माउन्टेन बाइक च्याम्पियन्सीप २०२४ को छनोट प्रतियोगिता पनि हो।
यस प्रतियोगितामा पुरुष र महिला विधाका विजेता एसियन माउन्टेन बाइक च्याम्पियन्सीप खेल्न योग्य हुने बताइएको छ। मलेसियाको पुत्रजयमा सो प्रतियोगिता मे ७ देखि १२ तारिखसम्म हुनेछ। विजेताहरुले मलेसियाको टिकटसँगै ट्रफी र नगद पुरस्कार पनि प्राप्त गर्नेछन्।
पुरुष र महिला इलाइटमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पाउनेछन्। अन्य विधामा शीर्ष तीन स्थानमा रहने साइक्लिस्टले क्रमशः २० हजार, १५ हजाार र १० हजार रुपियाँ प्राप्त गर्नेछन्।
यस प्रतियोगितामा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहनेछ। चितवन साइकल राइडर्स क्लब पनि सहयोगीको रुपमा रहनेछ। भरतपुर महानगरपलिका प्रवद्र्धकको भूमिकामा छ। भरतपुर साइकल सिटी भएकोले हुनाले पनि सो र्यालीमा चार सयदेखि पाँच सयसम्मको सहभागी हुने अनुमान गरिएको छ ।
आयोजक संस्था प्रज्ञा स्मृति प्रतिष्ठान, प्रकाश दाहाल र ज्ञानु दाहालको नाममा स्थापित संस्था हो। प्रतियोगिताका संयोजक सन्तु दराइका अनुसार यस संस्थाले खेलकुदबाहेक अन्य विभिन्न समाजिक कार्य गरिरहेको भएपनि हाल खेलकुदमा बढी केन्द्रित छ ।


