चितवन ,चैत्र १४
भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो ।
निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन् । ती सबै बाघ उद्धार गरी ल्याइएको हो । जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो । तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो ।
भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारण्लाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो । महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै उहाँले अब चाहना राख्ने सबैले देख्न पाउने बताउनुभयो ।
निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ ।” यसबाट पर्यटकले हेर्न पाउने र उनीहरुले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उहाँको राय छ ।
महानगरपालिकाले यसको व्यवस्थापनका लागि रु एक करोड खर्च गरेको छ । खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रुपमा विकास हुने उहाँले बताउनुभयो ।


