२६ चैत्र, चितवन । आज बिहान ९ बजे खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि मान्छे लगेको छ ।
खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको प्रहरीले जनाएको छ ।
बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।ईप्रका खैरहनीबाट प्रहरी निरिक्षकको कमाण्डमा खटेको टोलीले खोजि गरि रहेको र हाल सम्म पनि उनि फेला नपरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


