• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

सौगतले बोकेको रेड सुटकेस कसरी हरायो ?

  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित

काठमाडौंँ ,चैत्र २०
चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरलाई निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्लस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो ट्रेलर सिनेमा हलमा भने शुक्रबारबाटै सार्वजनिक गरिएको हो ।

म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको यो चलचित्रको २ मिनट १० सेकेन्डका ट्रेलर एउटा रातो सुटकेशको वरिपरी घुमेको छ । ट्रेलर अनुसार एयरपोर्टबाट एउटा रातो सुटकेश लिएर अभिनेता सौगात मल्ल सिन्धुलीको गाउँतर्फ लाग्छन् । गाडी लिएर सौगात गाउँ जाँदा यात्रामा भेटिएका पात्र विपिन कार्की, सृष्टी श्रेष्ठको बार्ता र यात्रामा आईपर्ने घटनालाई ट्रेलरमा समेटिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अघिबाट सुटकेश हराएको होकी गाडीमा लगिएको हो भन्ने रहस्य ट्रेलरमा रहेको छ । यात्रामा अभिनेता प्रविण खतिवडाले रातो सुटकेश लिएर सडक, जँगल तथा खोलामा हिडेको दृष्य आफैंमा अर्को रहस्य छ । यस्ता विविध रहस्य समेटेर यो चलचित्रको ट्रेलर ल्याईएको छ । टिजरको रिलिजबाटै चर्चामा रहेको यो चलचित्रको निर्माण टिमले ट्र्ेलर पनि चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गरेको छ ।

जर्मनीबाट भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेका फिडेल देवकोटाले यो चलचित्र निर्देशन गरेका हुन् । देवकोटाले नै लेखेको द रेड सुटकेसको ट्रेलर कथा बाचन शैलीमा तयार गरिएको छ । टिजर जस्तै यो चलिचत्रको ट्रेलरमा पनि छायाँकन, ध्वनि र रङको गज्जब सम्मिश्रण देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलाई ट्रेलरमा समेटिएको छ । यो चलचित्रको बारे निर्देशक फिडेलले ट्रेलर रिलिज कार्यक्रममा भने,‘हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौं । अहिलेको बर्तमान समयको दस्ताबेजको रुपमा यो चलचित्रलाई निर्माण गरिएको छ ।’

चलचित्रमा सवारी चालकको भूमिका निर्वाह गरेको सौगात मल्लले ट्रेलर रिलिज समारोहमा बोल्दै नेपालीका युवाहरु बिदेशमा पलायन हुुनु दुःखको कुरा भएको बताए,‘चलचित्र द रेड सुटकेसमा काम गर्दै गर्दा मैले आफुसँग पढेको धेरै साथीहरुलाई सम्झिएँ । ती मध्य अधिकाँस साथीहरु अहिले बिदेशमा बैदेशिक रोजगारीमा भएको मैले पाएँ ।’ यस्तै बैदेशिक रोजगारीमा जानेहरुको कथामा आफु यो चलचित्रमा जोडिएको सौगातले बताए ।

यस अघि अन्तराष्ट्रिय बृत्तमा अवार्ड जितेका चलचित्र ऐना झ्यालको पुतली, हल्कारा निर्माण गरेको रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई दुर्लभ नेपाली चलचित्रको उपमा दिए,‘भोली यस्ता चलचित्र फेरी निर्माण हुन नसक्ला । त्यही भएर यो दुर्लभ चलचित्र नेपाली दर्शकमाझ हामीले ल्याएका हौं ।’ उनले भने,‘विभिन्न अन्तराष्ट्रिय महोत्सबमा थुप्रै अवार्ड जितेको यो चलचित्रमा त्यस्तो के रहेछ भन्ने जिज्ञाँसा धेरैको रहेको छ । अब ३० चैतबाट यो चलचित्रले दर्शकको जिज्ञासा मेट्ने छ ।’

अर्का अभिनेता प्रविण खतिवडाले यो चलचित्रको छायाँकन पछि बैदेशिक रोजगारीबाट रातो बाक्सामा आएका चार जना आफन्तको शब आफुले जलाईसकेको बताए,‘अहिले बैदेशिक रोजगारमा गएकाहरुको अबस्था बिकराल छ । चलचित्र द रेड सुटकेश हेरेपछि पनि हामीले मुलुकको वर्तमान युवाहरुको समस्यालाई अझ बुझ्ने छौं ।’ प्रविणले यसमा आफ्नो भूमिका भने केही रहस्यमय भएको बताए ।

श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रको दृष्यसँगै ध्वानी निकै ससक्त रहेको छ । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । यो चलचित्रको छायाँकनबारे सुसनले भने,‘बिगतमा म चलचिककालागि सुन्दर देखिने दृष्यहरु बढी खिच्ने गर्थें । तर यसपटक यो चलचित्रमा निर्देशक फिडेलले सुन्दर हैन, नेपाली समाजको यथार्थ देखिने दृष्यको माग गरेपछि सिनेमामा हामीले नेपाली समाजलाई उतारेका छौं ।’

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.