• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तिम चरणमा, ७ प्रदेशले प्रतिस्पर्धा गर्दै

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित

चैत २५ गतेबाट सुरु हुने प्रथम अन्तरप्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा १३६ वटा स्वर्ण पदकको लागि ७ प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुने प्रथम अन्तरप्रदेशस्तरीय प्रतियोगिता तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रतियोगितामा १ सय ३६ वटा स्वर्ण पदकको लागि ७ वटा प्रदेशको करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि १ सय ३६ वटा स्वर्ण, १सय ३६ वटै रजत र १ सय ८६ वटा रजत पदक गरी करिब ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिता छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । विभागीय टिम मजबुत भएकोले, सबै खेलाडीहरु विभागीय टोलिमा लागेको कुराको मध्य नजग गरेर प्रतियोगिताको गर्न लागेको उहाँको भनाई छ । यस प्रतियोगिताको माध्यमले सबै प्रदेशले समयमा खेलाडीहरु तयार गर्ने र खेलाडी उत्पादनमा थप टेवा पुग्ने उहाँले दावी गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुनेछ । गौतम बुद्ध क्रिकेट रंगशालालाई अन्तराष्ट्रि रुपमा चिनाउन प्रतियोगिताको उद्घाटन चितवनमा गर्न लागेको र मकवानपुरमा फुटबल खेल प्रतिको आर्कष्ण बढ्दो क्रममा रहेकोले प्रतियोगिताको समापन हेटौंंडामा गर्न लागेको उहाँले बताउनुभयो ।

यस अघि प्रदेशले प्रतियोगिताको समापन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला गर्ने भनेतानि चौँथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता २४ गतेबाट सुरु हुने भएकोले प्रतियोगिताको समापन हेटौंडामा गर्न लागेको उहाँको भनाई छ । भरतपुर महानगरपालिको भ्रमण वर्ष समेत सफल बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्र्तगत पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाकीको ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ । एथ्लेटिक्स चैत २६ र २७ गते चितवनको चित्रवन रंगशालामा र २६ गतेदेखि २८ गतेसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ ।

यस्तै कराँतै र तेक्वान्दो चैत २६ र २७ गते भरतपुर महानगरपालिकाको औद्योगिक प्रर्दशनी हलमा हुनेछ । पौडी प्रतियोगिता २६ र २६ गते एल्टीडी हबेलीमा र व्याडमिन्टन चैत २६ गतेदेखि २८ गतेसम्म भरतपुर महानगरपालिकाको कर्भड हलमा हुनेछ । महिला क्रिकेट २४ गतेदेखि २७ गतेसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा र पुरुष क्रिकेट चैत २८ गतेदेखि बैशाख १ गतेसम्म हुनेछ ।

महिला फुटबल चैत २६ गतेदेखि बैशाख १ गतेसम्म बखत स्मृति रंगशालमा र बक्सिङ औद्योगिक प्रर्दशनी कर्भड हलमा चैत २६ गतेदेखि २९ गतेसम्म हुनेछ । प्रतियोगिता सबल तरिकाले सम्पन्न गर्नका लागि प्रदेश खेलकुद विकास परिषदकी अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षमा मुल समारोह समिती गठन गरिएको छ भने सदस्य सचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । प्रतियोगिताको लागि विभिन्न ५ उपसमितिहरु र ९ वटा समिति गठन गरिएको छ ।

प्रतियोगितामा स्वर्ण रजत र कास्य पदकको विजेता टिमले क्रमश: ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुदले व्यर्होनेछ । यस्तै खेलाडीहरुलाई ट्रयक सुट, जुत्ता, मोजा र टावल पनि प्रदान गरिनेछ ।

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.