• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित

नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिए।

एकै ठाउँमा आदिवासी जनजातिको घर निर्माण गरेर ‘मिनी चितवन’को परिचय दिन सफल भएको भन्दै यस्ता खाले मेला महोत्सव जोकसैका लागि पनि अध्ययन अनुसन्धान गर्ने केन्द्र नै बनेको उनले बताए। यस्ता महोत्सवले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखे। त्यसका लागि तीनै तहका सरकारले विशेष तरिकाले हेर्नुपर्ने उनको भनाइ छ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले आदिवासी जनजाति महासंघले यसपटक निजी क्षेत्रलाई सहयोग पुग्ने खालको कार्यक्रम गरेर सुस्ताएको बजार र अर्थतन्त्रलाई मानि उकास्ने काम गरेको बताए। आर्थिक संकटकै कारण चलायमान हुन नसकेको निजी क्षेत्रलाई थोरै भए पनि यो महोत्सवले माथि उठाउने प्रयास गरेको उनको भनाइ छ।

त्यसकारण चितवनमा जुनकुनै संघसंस्थाले आयोजना गरे पनि महोत्सव भइरहनु निजी र सरकारी दुवै क्षेत्रलाई फाइदाको विषय भएको उनले बताए। निजी क्षेत्रको व्यापार व्यवसाय बढाउँदै जाँदा त्यसबाट आर्जन हुने राजस्वले सरकारी क्षेत्रलाई समेत सहयोग पुग्ने र त्यही राजस्व जनताको घरदैलोमा विकासको नाममा आइपुग्ने हुँदा देशको अर्थतन्त्रको लागि मेला महोत्सवको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका सल्लाहकार संयोजक पदमबहादुर गुरूङले लामो समयको संघर्षपछि महोत्सव आयोजना गर्न सफल भएको बताए। यसले देशभरका आदिवासी जनजाति समुदायको आवाजलाई अन्तर्राष्टियकरण गराउनमा धेरथोर भूमिका खेलेको उनको भनाइ छ।

नेफिन चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले सबैको साथ, सहयोग र समर्थनले महोत्सव सफल भएको दाबी गरे। महोत्सवबाट आयोजक, व्यवसायी, समुदाय सबै सन्तुष्ट रहेको उनले बताए। सबैको साथ र सहयोगबाटै संस्था बलियो हुने बताउँदै उनले भने, ‘आगामी दिनमा पनि हामी यो महोत्सवलाई निरन्तरता दिँदै जाने छौँ। यहाँहरू सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ।’

समापनको दिनमा महोत्सव सफल पार्न विभिन्न तहबाट भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्था, कलाकार, उपसमितिलगायतलाई मायाको चिनोसमेत वितरण गरेको थियो। महोत्सवको आर्थिक उपसमिति संयोजक पवन गुरुङले स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा व्यवस्थापकको तर्फबाट नारायणी फेयर एक्जीविसन नेपालका सञ्चालक विकल क्षेत्री तथा विभिन्न जातजातिको जातीय संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए।

सुरूमा चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गरे पनि पछि तीन दिन थप गरेर २१ गतेसम्म महोत्सव सञ्चालन भएको थियो।

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.