• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

द रेड सुटेकेसलाई युरोपका १५ देशमा देखाउन एचबिओले किन्यो

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

घर घरमा टेलिभिजन च्यानलमार्फत बिगत ५१ वर्षदेखि हलिउडका सिनेमाको सेवा दिँदै आएको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्म समेत रहेका) होम बक्स अफिस (एचबिओ)ले सेटेलाईट र ओटिटी वितरणको लागि पहिलो पटक नेपाली चलचित्र किनेको छ ।
एचबिओले पहिलो पटक नेपाली चलचित्र ‘द रेड सुटकेस’ किनेको हो । यो चलचित्र यही ३० चैतबाट नयाँ वर्ष २०८१ को अबसरमा नेपालमा रिलिज हुँदैछ । यसै क्रममा हलिउड म्यागजिन भेराइटीले बिहिबारी सम्प्रेषण गरेको यो समाचार नेपाली चलचित्रकर्मीहरुका लागि एउटा सुखद समाचार बनेको छ ।
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय ओटिटी प्लेटफर्महरुले महत्व नदिएको बेला विश्वकै पुरानो सेटेलाईट फिल्म वितरण सँस्था र अहिलेको त्यत्तिकै प्रभावशाली ओटिटी प्लेटफर्म एचबिओले युरोपका १५ देशमा ओटिटी राईट्स वितरणका लागि चलचित्र ‘द रेड सुटकेस’ किनेको हो ।
यो चलचित्रका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले १५ वटा युरोपियन देशको लागि ओटीटी अधिकार लिएसँगै आफ्नो लगानी सुरक्षित भएको बताएका छन् । एचविओले आफुहरुको चलचित्र किनेपछि थप हौसला बढेको उनले बताएका छन् ।
बेलायत बेस बनाएर बसेको फिल्म सेल्स एजेन्ट ‘रिजन ८ फिल्मस्’ले २०२३को भेनिसमा प्रदर्शित नेपाली चलचित्र द रेड सुटकेस’लाई युरोपको १५ देशमा वितरण गर्न एचबिओ च्यानललाई बिक्री गरेको छ । हलिउडको भेराईटी म्यागेजिनका अनुसार सो वितरक संस्थाले मलेसिया र बु्रनाईमा द रेड सुटकेश विक्री वितरण् तथा प्रदर्शनको अधिकारी सुराया फिल्मस्लाई बिक्री गरेको छ ।
एचबिओसँगको सम्झौता अन्तर्गत १५ देशहरु अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया समावेश छन् । अब यी मुलुकमा द रेड सुटकेसलाई अचबिओले देखाउने छ । यस्तै उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि यो चलचित्र विक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग बार्ता भईरहेको पनि रिजन ८ फिल्मस्ले भेराईटी म्यागेजिनलाई जनाएको छ ।
फिडेल देवकोटाले डेब्यु निर्देशनमा बनेको कथानक चलचित्र द रेड सुटकेस भेनिस फिल्म फेस्टिभलको होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । सो फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए । सिनेमासँग सहकार्य गरेर श्रीलँकामा पोष्ट प्रोडक्सन गरिएको पनि यो नै पहिलो नेपाली चलचित्र हो ।
निर्माता पोखरेलले बिहिबार बेलुका सञ्चारकर्मीसँग भने,‘ नेपालमा केही प्रदर्शकहरुले हामीलाई प्रदर्शनमा वेवस्ता गरेको बेला एचबिओले द रेड सुटकेसको ओटिटी राईटस् खरिद गर्नु हाम्रा लागि महत्वपूर्ण कुरा हो । यसले घरेलु बजारको दबाबमा नपरी पनि अन्तराष्ट्रिय बजारबाट लगानी उठाउन सकिन्छ भन्ने आत्मविश्वास दिएको छ ।’
निर्देशक फिडेल देवकोटा पनि फिल्म निर्माण गर्दा नै आफूहरु परम्परागत बजारको पक्षमा नरहेको र सोही अनुसार नै चलचित्र वितरणको फराकिलो तयारीका साथ अघि बढेको जानकारी गराए,‘ स्थानीय बजारमा मात्र चलचित्र देखाउँछु भन्नेबारे भर नपरी अन्तराष्ट्रिय बजारका लागि पनि चलत्रिच निर्माण गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । यसले हामीलाई नयाँ बजारको खोजीका लागि झक्झक्याउँछ र यसपटक एचबिओमार्फत हामीले नयाँ बजारका रुपमा युरोपका १५ वटा मुलुकलाई पनि पाएका छौं ।’ यो सुखद खबर भएको निर्देशक देवकोटाले बताए, आज द रेड सुटकेसले बनाएको यो नयाँ बजार  भविष्यमा यसरी बन्ने अन्य नेपाली चलचित्रका लागि पनि त्यत्तिकै फाइदाजनक बन्ने छ ।’
चलचित्र द रेड सुटकेसमा अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायतको मुख्य भूमिका रहेको छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् ।
भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेर यो चलचित्र निर्देशन गरेको फिडेलले यस अघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र बृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए ।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.