अभिनेता राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा शो नेपाल टेलिभिजनमा साँझ ७ बजे र डिजिटल ओएसआर रियालिटी मार्फत पनि आउने जानकारी दिइयो ।
समृद्धि इन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भागसम्म तयार छ । एकसाथ भागसम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताएका छन् ।
कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको हो ।
कार्यक्रम निर्माणका लागि गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले विशेष सहयोग गरेको छ । कार्यक्रमको प्रोमो बिहिबार सार्वजनिक गरिएको थियो ।
तपाईको प्रतिक्रिया


