• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कपिलवस्तु गोल्डकप विजेता हानामी बिएफसीका खेलाडी र प्रशिक्षक सम्मानित

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

भरतपुर, २७ चैत । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप च्याम्पियन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) का खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ ।

भरतपुरमा आज (मंगलबार) एक कार्यक्रमकाबीच क्लब र प्रायोजक हानामी इन्टरनेशनल एजुकेसनले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । कार्यक्रममा गोल्डका सर्वोत्कृष्ट खेलाडी सुजित बुढाथोकी, क्लबका कप्तान तथा गोल्डकपको उत्कृष्ट डिफेन्डर अमृत श्रेष्ठ, उत्कृष्ट गोलरक्षक भविन्द्र मल्ल ठकुरी, उत्कृष्ट प्रशिक्षक धुर्व भुसाल, खेलाडीहरु सागर लामा, तेजेन्द्र चौधरीलगायतलाई सम्मान गरिएको हो । अन्य खेलाडी भने खेलका कारण कार्यक्रममा सहभागी हुन असमर्थ भए ।

सोही क्रममा वीरगन्जमा सम्पन्न डुम्बरवाना गोल्डकपमा उपविजेता भएका बिएफसीका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । डुम्बरवाना गोल्डकपमा उपविजेता बनेको टिमका कप्तान मनोज गुरुङ, रोशन राना मगर, विवेक मगरलगायत सहभागी थिए ।

सम्मान कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बिएफसीले भरतपुरको नाम उच्च पारेको भन्दै खुशी व्यक्त गरे । उनले क्लब आफ्नै वडा भित्र पर्ने भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाए ।

चितवन जिल्ला फुटबल क्लबका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनको फुटबल स्तर माथि पुगेको बताए । नेपालको ए डिभिजन क्लबलाई हराएर बिएफसीले यसलाई प्रमाणित गरेको बताए । यो जितको श्रेय खेलाडीहरुलाई जाने उनको भनाइ थियो । उनले क्लबका प्रशिक्षक भुसालको खुलेर प्रशंसा गरे ।

बिएफसीको प्रायोजक संस्था हानामीका प्रवन्ध निर्देशक किशोर सुवेदीले क्लबको थप प्रगतिको कामना गरे । उनले क्लबसँगको सहकार्य निरन्तर रहने बताए । सो क्रममा क्लबका प्रशिक्षक भुसालले आफ्नो टोली रणनीतिमा सफल भएको बताए । मछिन्द्र र नेपाल प्रहरी जस्तो ए डिभिजन क्लबलाई हराएर उपाधि जित्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

कपिलवस्तुमा सम्पन्न गोल्डकपमा विभागीय टोली नेपाल पुलिसलाई टाईब्रेकरमा हराउँदै बिएफसी च्याम्पियन बनेको हो । बिएफसीले उपाधिसहित ११ लाख ११ हजार १११ रुपैँया जितेको छ । बिएफसीका सुजित बुढाथोकी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी भए । उनले एक लाख प्राप्त गरे । बिएफसीकै भविन्द्र मल्ल उत्कृष्ट गोलरक्षक, अमृत श्रेष्ठ उत्कृष्ट डिफेन्डर, धुर्व भुसाल उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही २५-२५ हजार प्राप्त गरे ।

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो
नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.