चैत २७,चितवन – अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ ।
चलचित्रमा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री मुख्य कलाकारको रुपमा छन् । वैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने जनाइएको छ ।
यसअघि समीक्षात्मक र बक्स अफिसमा सफल टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको कम्पनी षट्कोण आर्ट्स प्रालिले ‘महापुरुष’ बनाउन लागेको हो ।रविन्द्रसिंह कार्यकारी निर्माता रहेको फिल्ममा दीपेश खत्री निर्माता छन् । यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रमा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ ।


