चितवन ,बैशाख १
चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु भएको छ।रत्ननगर–८ स्थित रहेको एक जंगलमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर–६ सौराहाको जंगल वर्ड रिसोर्टमा नेचर गाइडको काम गर्ने ३३ वर्षीय सुवास रेग्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आज दिउँसो करिब ११ः५० बजेको समयमा गैंडाले एक्कासी आक्रमण गर्दा रेग्मी गम्भिर घाइते भएका थिए ।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


