• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया विराटनगरमा सम्पन्न

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

इटहरी/ कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको थियो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।

अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए । अन्तक्रिया कार्यक्रम पश्चात् गायक सुमित खड्का, गायिका गंगा गौतम, अन्जु गौतमले आफ्नो लोकप्रिय गायन प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा वक्ताको रुपमा रहेका गायक तथा कलाकार लुइँटेलले चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश, मोरङ शाखा र सुनसरी शाखाका चलचित्र पत्रकारहरू माझ पछिल्लो समय उनको लोकप्रिय गीत ‘गार्हो छ हौ मलाइ’ प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विराटनगरको ताण्डव रेस्ट्रो एण्ड बारमा आयोजना भएको कार्यक्रमलाई वाइवाई नुडल्सले ब्राण्डिङमा सहयोग गरेको थियो । यस्तै कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, सुगुप, पुजार सार्की, अञ्जीला, घरज्वाई, रिजन होटल एण्ड म्युजिक क्याफे, सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, राष्ट्रिय पोशाक घर, हिमालय टाकिज बिराटनगर, सेन्ट्रल मल्टिप्लेक्स, सिटि सिनेमा, सिने द्वार, क्विएफएक्स बिराटनगर रहेको थियो ।

आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना भएकोमा राम्रो कार्यको थालनी भन्दै उपस्थित फिल्मकर्मीहरुको भनाई थियो ।

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.