बैशाख १,काठमाडौं ।अभिनेता अनमोल केसीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवाश्री पञ्चम पदक’ प्रदान गरेकी छिन् । नेपाल सरकारको सिफारिशमा अनमोललाई राष्ट्रपति विद्यादेवी भण्डारीले यो पदक प्रदान गरेकी हुन् । अनमोल, पदक ग्रहण गर्नका लागि दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यलय पुगेका थिए ।
गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले विभिन्न पदक पाउने व्यक्तिहरुको नाम घोषणा गरेको थियो । नयाँ बर्षको अवसर पारेर राष्ट्रपतिले पदक प्रदान गरेकी हुन् ।

’अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ आजबाट देशभरका हलमा रिलिज भएको छ । चलचित्रले पहिलो दिन बम्पर ओपनिङ गरेको छ ।चलचित्रले आझ देशै भरिको सम्पूर्ण सिनेमा घरमा हाउसफुलको व्यापार गरेको छ।धेरै सिनेमा घर बाट ‘ए मेरो हजुर ४’ को टिकट नपाउदा दर्शक निराश भएर फर्केका छन् ।इन्द्रदेव सिनेमा नारायणघाटका मेनेजर हरि रेग्मीले एक सो मा ८ सय ३२ जनाले फिल्म हेर्दा टिकट नपाएर हजार भन्दा बढी फर्किएको बताए ।

झरना थापा निर्देशित सिनेमामा ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।


