• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

एमाले चितवनको अधिवेशन : तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

चितवन, बैशाख २७
राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय चितवनमा आज सम्पन्न बैठकले एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सम्बन्धि विभिन्न निर्णय गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल चितवन सचिव उत्तम सेढाईका अनुसार बैठकले अधिवेशनमा सबै पालिकाहरुबाट व्यापक युवा परिचालन गर्ने निर्णय गरेको छ ।
स्वयमसेवकको परिचालनको लागि राष्ट्रिय युवा संघ नेपाल चितवनका अध्यक्ष झलकराज भट्टको संयोजकत्व र उपाध्यक्ष मधुपर्क श्रेष्ठ सन्तोषको सह–संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा जिल्ला कमिटीका पदाधिकारी एवम् सबै सदस्य, पालिका इन्चार्ज र पालिका कमिटी पदाधिकारी रहेका छन् ।
त्यसैगरी मधुपर्क श्रेष्ठ सन्तोषको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति बनेको छ । सदस्यहरुमा पालिका इन्चार्ज, अध्यक्ष र पदाधिकारी रहने छन् ।
त्यसैगरी अगामी जेठ १ गते परेको युवा विद्यार्थी स्थापना दिवसको अवसरमा मदनआश्रित पार्क दासढुंगामा बिहान ७ः३० बजे सरसफाइ गर्ने निर्णय समेत गरेको छ । त्यसैदिन देवघाटस्थित आश्रममा वृद्धवृद्धालाई खाना खुवाउने निर्णय समेत गरिएको सचिव सेढाईले जानकारी दिए ।
त्यसैगरी सेढाईका अनुसार जेठ ३ गते जिल्ला पार्टी कार्यालयले आयोजना गर्ने मदन आश्रित दिवसको कार्यक्रममा सबै पालिकाबाट युवाहरुलाई जिल्ला पार्टी कार्यालयमा भेला गराई पार्टी नेतृत्वको अगुवाईमा र्यालीसहित कार्यक्रममा सहभागिता जनाउने निर्णय भएको छ ।
यसैगरी चितवनको ३ वटा निर्वाचन क्षेत्रबाट युवा स्वयमसेवक परिचालन गर्न संयोजनकारी भूमिकाका लागि युवा संघ प्रदेश कमिटीबाट निर्वाचन क्षेत्र नम्बर १ मा कुमार थापा मगर, क्षेत्र नम्बर २ मा केशव खड्का र क्षेत्र नम्बर ३ मा कृष्ण अधिकारीलाई तोकिएको छ ।
यसैगरी कार्यक्रममा हालै सम्पन्न निर्माण व्यवसायी संघ चितवनको निर्वाचनमा राष्ट्रिय युवा संघ नेपाल चितवनका विभिन्न कमिटीमा आवद्ध रहेका युवाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पदम अधिकारी ‘पट्टु’, शोभा न्यौपाने र राजिव सढौला रहेका छन् ।

त्यस्तै ब्लर्ड डोनर्स सोसाइटी नेपालको केन्द्रीय समितिमा चयन भएकोमा महानगर कमिटीका सहसचिव दिपक घिमिरेलाई पनि सम्मान गरिएको छ ।
एमाले चितवनका अध्यक्ष राम न्यौपानेको प्रमुख उपस्थिति रहेको बैठक झलकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी कार्यक्रममा संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, एमाले चितवनका उपाध्यक्ष कमलराज पाठक, सचिव प्रकाश खनाल ‘सैलेश’, उपसचिव प्रकाश ढुंगाना, पार्टी प्रदेश कमिटी सदस्य अस्मिन घिमिरे, युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारी, युवा फाँट सह उपप्रमुख सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।
नेकपा एमाले चितवनले आगामी जेठ १०, ११ र १२ गते जिल्ला अधिवेशन गर्दैछ । जसका लागि सिंगो पार्टी नेतृत्वसहित जनवर्गीय संगठनहरु अधिवेशनको तीव्र तयारीमा जुटिरहेका छन् ।

बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो
नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
चितवनमा दुई जातका अङ्गुरको परीक्षण

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.