• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सेतो बाकसमा सपना बोकेकी महिला

  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख ३०
सम्पत्ति कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका राधा न्यौपानेको शव सेतो बाकसमा आउँदा परिवार शोकमा डुबेको छ । घरपरिवारलाई सुखसुविधा दिन कमाउन गएकी चेली बाकसमा फर्किंदा परिवारमा सन्नाटा छाएको छ ।सम्पत्ति कमाउने र परिवारलाई सुखसयलका साथ पाल्ने सपनामा यूएई गएकी अर्घाखाँचीकी न्यौपाने सेतो बाकसमा फर्किएकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा केही महिनादेखि यूएईको आजमान सहरको ब्युटीपार्लर कम्पनीमा काम गर्दै आएकी न्यौपानेको गत ७ अप्रिलमा असामयिक निधन भएको थियो ।

मणिराम गैरे, गीता गैरे, सुशीला घिमिरे र जीवन पौडेलले मृतकको शव नेपाल पठाउन आवश्यक मात्रामा आर्थिक संकलन नभएको र अपुग रकमसहित कानुनी प्रक्रिया मिलाइदिन आग्रहसहितको निवेदन नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई अनुरोध गरेपछि मृतकको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको थियो ।

मृतक नेपालदेखि यूएई आउँदा भिजिट भिसामा आएको र पछि सो कम्पनीको काममा लागेको तर श्रम नभएको देखिन र बुझिन आएको एनआरएनए यूएईले जनाएको छ । उक्त शव सबै कानुनी प्रक्रिया पूरा गरेर बिहीबार नेपाल पठाइएको हो ।

श्रम स्वीकृत नगरी आएको, निजको शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकका आफन्त, कामप्रदायक कम्पनी तथा शुभचिन्तक र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेश एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ ।

तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout खोइ मूल्यांकन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।

गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका रूपमा विदेशबाट फर्कने वातावरण रोक्न सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शव स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो, चन्दा उठाउने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्लो आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । पछिल्लो समय बिदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।

राजधानी दैनिक बाट

आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.