• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

काठमाडौं ,जेठ २
संसद्को ठूलो दल नेपाली कांग्रेसले आफ्नो रणनीतिमा सहकारी बचत रकम अनियमिततासँग जोडिएका गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अब निसाना बनाउने भएको छ । सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष ओली खुलेर लागेपछि कांग्रेसले आफ्नो एजेन्डामा ओलीको नाम पनि थपेको छ ।

सहकारी बचत अनियमितता प्रकरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी अनियमितता प्रकरणको छानबिन गर्न नरम देखिएका बेला एमाले अध्यक्ष ओली सहकारी अनियमितताको विषयमा छानबिन नै गर्न नहुने पक्षमा उभिएपछि कांग्रेसले आफ्नो निसानामा ओलीलाई पनि राखेको हो । आइतबार र मंगलबारको भेटपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग नरम देखिएका छन् । आफू छानबिन समिति बनाउन सकारात्मक भए पनि एमाले र रास्वपाले नमानेको बिफ्रिङ प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूसँग गरेका थिए ।

एमाले अध्यक्ष ओली सहकारीको अनियमितता प्रकरणमा छानबिन गर्न तयार नहुनुको पछाडि मुलुकभर झन्डै २ सय सहकारीमा एमालेका नेता तथा कार्यकर्ता मुछिने आँकलन छ । कांग्रेसले अहिले सहकारी अनियमितता प्रकरणको विषयलाई जोडतोडका साथ उठाइरहेको छ । साथै, कांग्रेसले आफ्नो भ्रातृ संगठनमार्फत सहकारी बचत रकम अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै आन्दोनलनसमेत चर्काउने जनाइसकेको छ । सडकदेखि सदनसम्म कांग्रेसले सहकारी अनियमितता प्रकरणलाई उठाउने भएको छ ।

सबै दल छानबिनको पक्षमा एमाले र रास्वपा मात्रै अनियमितता ढाकछोपमा

सहकारी अनियमितता प्रकरणमा एमालेहरूले सहकारीको कुरालाई सामान्य प्रक्रियाबाट सरकारले छानबिन गरोस् भन्ने चाहेका छन् । ‘आफैं सरकारमा भएकाले सरकारी कारबाहीबाट आफ्ना मान्छे बचाउन सकिन्छ भन्ने भएर उहाँहरूले सहकारीको विषय संसद्मा प्रवेश गराउन नचाएको हो,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘संसदीय समिति बन्दा आईजीपी, सहकारी सम्बन्धित मन्त्रालयका मन्त्री सचिवलाई बोलाउँछ, समिति बन्दा मुलुकभरिबाट मेरो पैसा फिर्ता दिऊ भनेर मान्छेले उजुरी हाल्छन्, त्यसमा अपचलन देखिन्छ, एमालेहरू यो कुराबाट तर्सेका छन् ।’

लेखकका अनुसार एमाले मुलुकभरिका सहकारीको रकम हिनामिना गर्ने मान्छेलाई जोगाउने कोर्समा जान थालेको कांग्रेसको निष्कर्ष छ । गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन स्वीकार छैन भन्दै आएको एमाले अन्ततः सहकारीको विषय संसद्मा प्रवेश गराउनै नदिने ठाउँमा पुगेको उनको तर्क छ ।

एमाले र रास्वपाको बटमलाइन सहकारी ठगीको विषयमा छानबिन गर्न नहुने भएका कारण पटकपटक संसद् अवरोध हुँदै आइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति अपरिहार्य भएको भन्दै दबाब दिइरहेको छ । तर, एमाले र रास्वपा भने कुनै पनि हालतमा अनियमितताको छानबिन हुन नदिने पक्षमा उभिएको कांग्रेसका एक नेताले बताए । गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा समेत एमाले र रास्वपाले साथ दिएनन् ।

गृहमन्त्री लामिछानेले सहकारी विवादमा आफू निष्कलंक रहेकाले छानबिन समितिको औचित्य नै नरहेको दाबी प्रस्तुत गर्दै आइरहेका छन् । साथै, उनले आफ्नो सफाइमा महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै पत्र देखाउँदै हिँडिरहेका छन् । जबकि, सहकारी अनियमितता प्रकरणमा सफाइ दिने कार्यालय महान्यायाधिवक्ताको कार्यालय होइन ।

सहकारी बचत रकम अनियमितता प्रकरण छानबिन हुन नहुनेमा एमालेले समेत एकढिक्का भएर रास्वपालाई साथ दिइरहेको छ । एमाले अध्यक्ष ओलीले त सार्वजनिक रूपमै गृहमन्त्री लामिछानेको बचाउ मात्रै गरेका छैनन्, सहकारी बचत हिनामिनाको छानबिन नै हुन नहुने तर्कसमेत दिँदै आएका छन् ।

पछिल्लो समय एमाले अनियमितता प्रकरण छानबिन हुन नहुनेमा कठोर देखिएको र प्रधानमन्त्री प्रचण्डले ल्याएको मध्यमार्गी प्रस्तावलाई समेत अस्वीकार गरेपछि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पनि निसाना बनाउने रणनीति लिएको हो । सहकारी अनियमितता प्रकरणको छानबिन हुनुपर्नेमा सबै दल एकातिर छन् भने रास्वपा र एमाले मात्रै अनियमितताको विषय छानबिन हुन नहुने पक्षमा कठोर भएर उभिएका छन् ।

राजधानी दैनिक बाट

बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.