अनमोल केसी र जसिता गुरुङ स्टार फिल्म ‘फर्की फर्की’ र तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेको चलचित्र पुजार सार्की’ आजदेखि देशभर प्रदर्शन आउदैछ ।
‘फर्की फर्की’ रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ । निर्माता रोहितका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा, यूके, दुबई, कतार र बहराइनमा पनि रिलिज हुँदैछ । फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् ।
यस्तै अर्को चलचित्र ‘पुजार सार्की’को यसअघि सार्वजनिक ट्रेलर, टिजर, पोस्टर र गीतहरू अत्यधिक रुचाइएको छ।
पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ। यस चलचित्रमा अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।
अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।
नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।


