चितवन ,जेठ १६ – नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशनबाटअध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए ।
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए । सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए ।
अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।
तपाईको प्रतिक्रिया



