• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

पल शाह मध्यरातमा दर्शक भेट्न हलमा

  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित

काठमाडौं ,जेठ १६
प्रदर्शनको छैटौँ दिन मङ्गलवार चलचित्र ‘पुजार सार्की’को अन्तिम शो मध्यरात १ बजे सकियो। काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो। उक्त शो सकिने समयमा चलचित्रका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे। मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन।

त्यसो त नेपाली चलचित्रले मध्यरातसम्म शो पाउनु नै दुर्लभ हो, त्यसमा पनि रातको १ बजे छुट्ने शो मा हाउस फुल दर्शक हुनु आफैँमा अचम्मको कुरा हो। मध्यरातमा समेत हल पुगेर आफ्नो सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरेका पल निकै उत्साहित देखिए। उनले आफूलाई नेपाली चलचित्रले निकै फड्को मारेको महसुस गरेको बताए।

“हामीले नेपाली चलचित्रको शो जहिले पनि बढीमा नौ बजेसम्म हेर्थ्यौँ। विदेशी डिमान्डेड चलचित्रहरू चाहिँ अबेर राती पनि चल्ने गरेका थिए। तर, आज भने हामी हाम्रै चलचित्र मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौँ, त्यसमा पनि हाउस फुल दर्शकसहित। रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली चलचित्रले निकै फड्को मारेको महसुस भएको छ,” पलले बताए। पलले आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ काठमाडौं झरेका थिए। उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे। मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए।

मध्यरातमा हल पुगेका निर्देशक राउतले आफूले निर्देशन गरेका सबै चलचित्रहरू मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए। मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए। “व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु। मेरो एउटै सपना के हो भने मैले बनाउने चलचित्र व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ। यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ,” राउतले प्रसन्न मुद्रामा बताए।

जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ले ग्राण्ड ओपनिङ गरेको थियो। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै उच्च सङ्ख्यामा दर्शकसहित चलिरहेको छ। छैटौँ दिन मङ्गलवार पनि सार्वजनिक बिदा भएको कारण बिहानैदेखि दर्शकको चाप हलमा देखिएको थियो। हलमा दर्शकको चाप बढ्नु र बेलुकासम्मका सबै शो हरू हाउस फुल भएपछि देशभरका प्राय: हलहरूले शो थप गरेका थिए। एफक्युबले पनि दर्शकको माग हेरी सवा १० बजेको शो थप गरेको थियो। बुधवारका शोहरुमा पनि दर्शकको चाप देखिएको छ।

बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.