• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

‘अग्निचक्षु’नाटकमा जीवित देवीको कथा, शिल्पीमा जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु मञ्चन शुरु

  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

काठमाडौं

जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् ।
नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र (नेपालमण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा आएको छ । परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूकी आराधनाकी देवीको रूपमा कुमारीलाई लिँदै आएको इतिहास छ । विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्यसञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग यहाँ आएको छ । पासा खेल्ने क्रममा एकदिन उनको देवीसँग कुदृष्टि परेकोले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् ।

आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीको रूपमा जन्म लिनेछु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुनेछ, तिनैलाई मेरो प्रतिमाको रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ ।

यस नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक मायाममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बांला र चिताइदारको उत्प्रेरणाले समाज रुपान्तन्रणमा नारी शक्तिको महत्त्व बोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् । नाटक सकिन्छ ।

नाटककार चन्द्रप्रसाद पाण्डेयद्धारा लिखत यो नाटक ‘अग्निचक्षु’ बुधबारदेखि काठमाडौंको बत्तीसपुतलीस्थीत शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरु भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन भइरहेको  नाटक हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्( कला र संस्कृति राष्ट्रको अमूल्य सम्पति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउछन् । नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई(बाल कलाकार) रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा,पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी.तमुको रहेको छ ।नाटकको बजार व्यवसथापन चक्र प्रसाद पोखरेलले गरेका छन भने किरण पराजुलीले संचार संयोजन गरिरहेकाछन ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ। नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ।

शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.