काठमाडौं,जेठ २५
नारीप्रधान फिल्म ‘सतीदेवी’ को टिजर सार्वजनिक गरिएको छ।छोराको आशामा छोरी जन्माइरहने र समाजमा छोरीलाई हेलाको सिकार बनाइने विडम्बनापूर्ण परिस्थितिलाई टिजरमा देखाइएको छ।
अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको फिल्म ‘सतीदेवी’ले यसअघि आयोजना गरिएको विशेष शोमा प्रशंसा पाएको थियो भने विभिन्न फेस्टिभलमा अवार्ड समेत पाएको छ।
फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ।
लक्ष्मण सुवेदीको निर्देशन फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शनको तयारीमा छ। यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो फिल्म हो ।फिल्ममा निर्मातामा श्रीदेवी, विशाल, दिलासा र सारा सुवेदी छन्।
तपाईको प्रतिक्रिया


