भरतपुर । रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन चितवनको ‘एड्मिसन डे’ सम्पन्न भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले शनिबार ‘एड्मिसन डे’ आयोजना गरेको हो ।
भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा भएको कार्यक्रममा चार सय भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा अनुमान गरिएको भन्दा बढी विद्यार्थी सहभागी भई परामर्श लिएको रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा युकेका उत्कृष्ट ६ युनिभर्सिटीका प्रतिनिधिहरु उपस्थित थिए । अधिकारीका अनुसार योर्क सेन्टजोहन युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ ईष्ट लण्डन, युनिभर्सिटी कलेज बर्मिङघम, युनिभर्सिटी अफ क्रियटिभ आर्ट्स र अक्स्फर्ड इन्टरनेशनलका प्रतिनिधिहरु उपस्थित थिए ।
सहभागी विद्यार्थीहरुले उनीहरुसँग युकेका युनिभर्सिटीहरुमा अध्यापन हुने बिषय, छात्रवृत्ति, लागत, नीति नियम, संस्कार सँस्कृतिलगायतको बिषयमा आवश्यक परामर्श लिएका थिए । युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेटेर नै परामर्श लिन पाउँदा विद्यार्थी तथा अभिभावकहरु उत्साहित भएको अधिकारीको भनाइ छ ।
यसले विद्यार्थीहरुलाई आफूले अध्ययन गर्न चाहेको कोर्ष र युनिभर्सिटी छनौटमा सहज भएको उहाँले बताउनुभयो । कागजात पुरा गर्नेहरुलाई कार्यक्रम स्थलमा नै अफर लेटर प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आईएलटिएस, पिटीईलगायतमा बिशेष छुट पाउनेछन् ।
यस्तै कार्यक्रममा सहभागी भई नाम दर्ता गर्ने विद्यार्थीहरु मध्य एक जनाले स्मार्ट फोन जित्नेछन् । स्मार्ट फोनसँगै अन्य उपहार पनि जित्न सक्ने अधिकारीले जानकारी दिनुभयो । यस्तै सहभागी सम्पूर्ण विद्यार्थीले गिफ्ट भाउचर पनि प्राप्त प्राप्त गरेका छन् । जसबाट आफूलाई पायक पर्ने समयमा भरतपुर ११ स्थित धावन रिक्रियसनमा खाजासँगै स्विमिङ गर्न सक्नेछन् ।
लायन्सचोक नारायणगढस्थित रियल ड्रिम्सले लामो समयदेखि युके अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ । रियल ड्रिम्सका अन्य शाखाहरुले पनि यस अघि विभिन्न शहरमा एड्मिसन डे सम्पन्न गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया


