• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

चलचित्रमा सामाजिक रुपान्तरणको कथावस्तुले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई आग्रह गर्नुभएको छ।

चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीनदिने दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।

‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लामा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथा बाँकी छन्’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन। यस्ता विकृति र विसङ्गतिको अन्त्य गर्ने महत्त्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ।’

विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

बालबालिका माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकामा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले यस्ता महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमा हुने महोत्सवमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने बताउनुभयो। नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो।

बालबालिकाको हकहितका सवालमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालका बालबालिकाको हकहितमा के कस्ता नियम कानुन रहेका छन् र यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सन्दर्भ पनि बाल चलचित्र निर्माणका कथावस्तु बनाउनुपर्ने धारणा राख्नुभयो।

नेपालले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुर्व्यवहार र शोषणबाट मुक्त गर्नुपर्ने बताउनुभयो।

मन्त्री शर्माले सरकारले नेपाली चलचित्रको प्रवर्द्धनलाई जोड दिएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहन र प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो।

चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको र बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको जानकारी दिंदै उहाँले चलचित्र क्षेत्रबाट राष्ट्रका लागि योगदान गर्ने चलचित्रकर्मीको सम्मानका लागि परिचयपत्र प्रदानदेखि चलचित्र क्षेत्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने चलचित्रकर्मीहरुलाई सम्मान र पुरस्कार लगायतका व्यवस्थाले पनि नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास रहेको बताउनुभयो।

बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपा चौधरीलगायतले शुभकामना दिनुभएको थियो। महोत्सव असार ९ गतेसम्म चल्नेछ।

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.