• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

१२ औं नेपाल अफ्रिका चलचित्र महोत्सब, अफ्रिका र नेपालको गोर्खा वारियर उत्कृष्ट चलचित्र

  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ ।

महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सबमा सहभागी चलचित्रहरु मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आईतबार साँझ यो महोत्सब सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे ।

महोत्सबमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका÷मोजाम्बिया÷जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ । महोत्सबमा उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँ÷टर्कीको बृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त ग¥यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल ग¥यो । महोत्सबमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गरे भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त ग¥यो । अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए ।

यस्तै नेपाली कथानक चलचित्र विधामा गोर्खा वारियर उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र काँडेतारबाट दिपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गरे । यस्तै उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले प्राप्त गरे । यस्तै आदिबासी चलचित्र तर्फ उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गरे । यस्तै जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गरे । नेपाली चलचित्र , आदिबासी चलचित्र तथा बृत्तचित्रको निर्णायकमा अभिनेता बीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए ।

महोत्सबमा लघु चलचित्र तथा सँगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको मातृत्वबाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायाँकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शँकर थापा ‘स्माईल’ले हाँसिल गरे । यो समुहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताए । उनले यो महोत्सबलाई राज्यबाट सहयोगको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको र  नेपालको एउटा राम्रो अन्तराष्ट्रिय चलचित्र महोत्सबको रुपमा आफुले यसलाई हेरेको बताए । महोत्सब निर्देशक डब्बु क्षत्रीले महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको जानकारी गराए । अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख बीरेन्द्र हमालले चलचित्र चयनको प्रकृयाबारे प्रकाश पारे । महोत्सबमा बीरेन्द्र हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएर विधार्थीलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरियो ।

मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.