• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

गायक प्रचण्डबाबु राईको ‘यो मायाले के गर्‍यो के गर्‍यो’ सार्वजनिक (भिडियो )

  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के गर्‍यो के गर्‍यो’ सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे ।

गीतको भिडियो सार्वजनिकपछि बोल्दै गायक यम बरालले गायकी र भिडियो मेकिङको प्रशंसा गरे । ‘प्रेम प्राप्तिपछिको वियोग भावको गीत मर्मस्पर्शी छ । भिडियोले गीतको भावलाई चरितार्थ गर्ने प्रयास गरेको छ,’ उनले भने । संगीतकार सुरेश अधिकारीले सुगम संगीतमा आधारित गीतको शब्द, संगीत, गायकी र भिडियो राम्रो रहेको बताए । ‘गायक प्रचण्डबाबुको गायकी पनि मनपर्‍यो, भिडियो पनि राम्रो बनेको रहेछ, शुभकामना छ,’ उनले भने । संगीतकार वसन्त सापकोटाले आफूले केही वर्षअघि लेखेको शब्दमा संगीत भरेर गायक प्रचण्डबाबुसँग सहकार्य गर्दा यसले जीवन पाएको महसुस भएको बताए ।

गायक प्रचण्डबाबु राईले आफू अनौपचारिक रुपमा करिब दुई दशकदेखि संगीतमा लागेको भएपनि अढाई वर्षअघि मात्रै पहिलो गीत गर्ने अवसर पाएको बताए । ‘अब सकेसम्म संगीतमा केही गर्ने सोच बनाएको छु । म रहरले होइन, प्यासनले नै संगीतमा लागेको हुँ,’ उनले भने,’यो नयाँ गीतको अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छौं । आशा छ यसले मेरो सांगीतिक करिअरमा केही न केही योगदान दिनेछ ।’ निर्देशक निकेश खड्काले उक्त गीतको भिडियो निर्माण प्रक्रियाबारे सुनाएका थिए । भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ ।

उनले रचना रिमालसँग गाएको ‘दिल खोलेर कुरा गर न’ गीतलाई श्रोता-दर्शकले निकै रुचाएका थिए । उनको केही महिनाअघि ‘तिम्रै याद आउँछ’ र त्यसअघि ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ लगायत गीत सार्वजनिक भएका थिए । ‘यो मायाले के गर्‍यो के गर्‍यो’लाई ‘वसन्त सापकोटा’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

 

आइतबार, असार ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.