• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

काठमाडौं,साउन ८
गोरखा सुलिकोटका मानबहादुर गुरुङ ३० महिनाअघि साउदी अरब पुगे । गुरुङ ३० महिनाअघि साउदीको एक होटलको कामका लागि त्यहाँ पुगेका थिए । २ वर्ष होटलमै काम गरे पनि विगत १ वर्षदेखि कम्पनीले इकामा नवीकरण गरिदिएन । ६ महिनादेखि उनलाई जबर्जस्ती कृर्षि फार्ममा (मज्राह) काम गर्न लगायो ।

मज्राहमा काम गर्न गार्हो भएको र साउदीको बसाइ पनि गैरकानुनी भएको अवस्थामा उनको इकामाको मिति पनि सकिएमा गैरकानुनी हुने भएपछि उनी आरसीसी प्रवक्ता अली उर्सिन मियाको सम्पर्कमा पुगे । त्यसपछि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि विशालकुमार श्रेष्ठ र मियाको सहकार्यमा बहिर्गमन भिसा (एक्जिट भिसा) का लागि आवश्यक कागजात बुरैदा लेवरकोर्टमा पेस गरे ।

एक्जिट भिसा प्राप्त भएपछि उनी आइतबारको उडानमार्फत नेपाल फर्कन सफल भएको एनआरएनए क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।

यस्तै समस्या दैलेखका भरतकुमार खड्काको पनि छ । कम्पनीले इकामा नवीकरण नगरेर गैरकानुनी बनाइ अलपत्र पारेपछि एनआरएनएले आवश्यक सहयोग गरी उनलाई नेपाल पठाएको छ ।

खड्का २ वर्षअघि साउदी पुगेको र कम्पनीले १ वर्षदेखि इकामा नवीकरण नगरी अलपत्र अवस्थामा राखेको थियो । उनी तीन महिनादेखि बिरामी परेर काम गर्न नसक्ने भएपछि कम्पनीले घर पठाउन खोजेको थियो । तर, उनको इकामा नवीकरण नभएकाले घर फर्कन समस्या भयो ।

उनलाई पनि एनआरएनएले एक्जिट भिसा लगाउन सहयोग गरी भिसा प्राप्त भएपछि नेपाल फर्काएको सचिव श्रेष्ठले बताए । एनआरएनएले रोजगारदाता कम्पनीले इकामा नबनाइदिएर गैरकानुनी बनाएर अलपत्र परेका नेपालीलाई सहयोग गरी नेपाल फर्काउदै आएको जनाएको छ ।

उनीहरू त एक प्रतिनिधि पात्र मात्र हुन्। रोजगारदाता कम्पनीहरूले इकामा नबनाइदिने करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न पुगेका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ । उनीहरू आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउनबाट वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको त्यहाँ क्रियाशील नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताले बताउने गरेका छन् ।

साथै, यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाति आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।

यसका लागि दूतावास तथा साउदीमा भएको नेपाली समाजका अगुवाहरूले साथ सहयोग गर्ने जनाएका छन् । कफिलले एक्जिट÷रिइन्ट्री भिसा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुँदैन । सूचीकरण नभएका कामदार कुनै मुद्दा मामिला नभए र स्पोन्सरले हुरूब लगाएको भए डिपोर्टेसन सेन्टर–सफरजेलबाट एक्जिट भिसा जारी गरी स्वदेश फर्कन सक्नेछन् ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् ।

साउदीमा करिब ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएका त कति छन् कति । साउदीमा करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका पाइन्छन् ।राजधानी दैनिक बाट साभार

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.