काठमाडौं ,साउन २९
सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र रावायणको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा पल शाह र पुजा शर्मासगै निर्देशक थापा पनि फिचर्ड छन् ।
मुम्बईमा तयार गरिएको अडियो गीतमा रेवन आरती सिंहको संगीत , डाक्टर कृष्ण हरि बरालको शब्द र चर्चित भारतीय पाश्र्वगायक नकाश अजिजको स्वर रहेको छ । गीतमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सार्वजनिक सिनेमाको गीतको अडियोको काम भारतको मुम्बईमा गरिएको हो ।
चलचित्र रावायणमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल,सुशान्त कुमार श्रेष्ठ ,सुहान श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको यस चलचित्रकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको रावायण तीजको अबसरमा भदौ २१ गते बाट प्रदर्शनमा आउदै छ ।
चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, ।


