वैशाख ११ ,भरतपुर । नेकपा (एमाले) ले चितवनका सातै पालिकामा उठ्ने प्रमुखको टुंगो लगाएको छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा तालमेलका लागि उप मेयरको टुंगो नलगाएको एमालेले पाँच पालिकाको भने मेयर पनि टुंगाइसकेको छ ।
राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक उठ्दै छन् । खैरहनीमा यस अघिकै मेयर लालमणि चौधरी दोहोरीदै छन् । भने कविता उप्रेती उप मेयर उठ्ने पक्का भएको छ । रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक उठ्दै छन् । दुवाडी यस अघि उप मेयर थिइन् । कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा चयन भएका छन् ।
यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो लाई चयन गरीएको छ । ईच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख माया सिलवाल चयन हुनु भएको छ । भरतपुरका मेयरमा यस अघि नै विजय सुवेदी सर्वसम्मत चयन भैई सकेका थिए ।


