• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

प्रकाश शाह फिल्म ‘साङ्लो’ पछि ‘रावायण’मा देखिदै

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित

काठमाडौं ,भाद्र १३
कलाकार प्रकाश शाह फिल्म ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’मा देखिँदैछन् । फिल्ममा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।

सुदर्शन करियरकै केही फरक फिल्म बनाउन चाहन्थे, प्रकाश पनि फरक चरित्र निभाउन चाहन्थे । सुदर्शनले प्रकाशलाई उनको चरित्र सुनाउँदा उनी छक्क परे । ‘फरक चरित्र निभाउने मेरो चाहना रावायणको कथा सुनेपछि पुरा हुनेमा म ढुक्क भएँ । किनकी सुदर्शन दाईले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा थियो’, प्रकाश भन्छन् ।

प्रकाशका अनुसार ‘काल्का’ चरित्र कालको पनि काल हो । ‘मलाई प्रमोद अग्रहरी दाईको ‘आलम’ चरित्रका लागि कुरा गरिएको थियो । तर स्क्रिप्ट पढेपछि म ‘काल्का’मा लोभिएँ । किनकी यो चरित्र जति शक्तिशाली छ, त्यो चरित्र निभाउन त्यति नै चुनौतीपूर्ण पनि थियो’ प्रकाश भन्छन् ।

प्रकाश कैलाली, टीकापुरका हुन् । तर फिल्ममा उनले वीरगञ्जमा बस्ने भोजपुरी देहाती चरित्र निभाएका छन् । चरित्रका लागि उनले गरेको मेहनत पनि कम छैन । ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी देहाती छ । सुदर्शन दाईसँग सहकार्यको कुराकानी पछि चरित्रकै लागि काठमाडौंबाट वीरगञ्ज गइहालें । मलाई देहातीबारे केही थाहा थिएन, पश्चिमको चौधरी बारेमा मात्र आइडिया थियो । म वीरगञ्जमा १० दिन बसें । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने बुझें’, प्रकाश सम्झन्छन् । प्रकाशका अनुसार वीरगञ्ज बसाईंका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरकका गाउँमा पनि फरक फरक भाषा हुँदो रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी थप भाषा बुझ्न परासी निस्किए ।

फिल्ममा प्रकाशको लुक्स टिजर र ट्रेलरमा प्रष्ट देखिएको छ । तर यो लुक्स निकाल्न उनको मेहनत कम छैन । ‘क्यारेक्टरकै लागि तीन महिनासम्म दाह«ीजुँगा र कपाल काटिनँ । कपाल पनि स्थानीय देहातीकै जस्तो बनाएँ । मैले मुख धुने, नुहाउने काम गरिनँ । म जतिसक्दो फोहोरी देखिन चाहन्थें । मैले केही न केही देखाउनुपर्छ, यो मेरो लागि पनि राम्रो हो भन्ने थियो । मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क थिएँ’, प्रकाश भन्छन् ।

प्रकाशले देहातीले के गर्छन् भन्ने बुझ्न स्थानीय वास्तविक मान्छेसँग घुलमिल हुने प्रयास गरे । भलै उनले आफूलाई कलाकारको रुपमा चिनाएनन् । ‘आफ्नै हिसाबले चिया खान जाने, उनीहरुको बोलीचाली बुझ्ने, हिँड्ने शैली हेर्थें । अनि राती होटलमा आउँथे । उनीहरुको बोली कमाण्डिङ शैलीको हुँदो रहेछ । त्यहाँ सबैको नेचर त्यस्तै देखें’ उनी भन्छन् ।

प्रकाशले फिल्ममा युवा र बढी उमेरको चरित्र निभाएका छन् । तर त्यो चरित्र दोहोरो भने होइन । ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को बुढो उमेरको । युवावस्थामा हुँदा त्यो एरियामा मेरो वर्चस्व नै हुन्छ, भनौं न जंगलको राजा जस्तै । समयसँगै ऊ शक्तिबिहिन हुँदै जाँदा भैसीपालन तिर लाग्छ । कान्छाको आगमन भइसकेपछि ऊ पुनः पुरानै काममा फर्कन्छ’, प्रकाश खुल्छन् ।

फिल्ममा उनको र निकिता चण्डकको एक आइटम गीत छ । प्रकाशका अनुसार ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ । ‘त्यो आइटम गीतको सुटिङ हेर्न आएका स्थानीयहरु मलाई देखेर भाग्थे । मेरो लुक्स देखेर बच्चाहरु तर्सिन्थे । त्यो चाहिँ मेरो लागि एकदमै खुशीको क्षण थियो । मैले कुन तहको काम गरेको रहेछु भन्ने अनुभव हुन्थ्यो’, उनी भन्छन् ।

फिल्मको टिजर हेरेपछि अभिनेता तथा निर्देशक विराज भट्टले उनको कामको तारिफ गरेको सम्झँदा प्रकाश निकै खुशी छन् । ‘विराज दाईले ‘तैले एकदमै बबाल काम गरेको रैछस् । तैले राम्रो गर्छस् भन्ने थाहा थियो, तर यस्तो नसोचेको काम गर्छस् भन्ने चाहिँ लागेको थिएन’ भनेको अझै सम्झन्छु’, प्रकाश भन्छन् ।

प्रकाशलाई ‘काल्का’ चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको रहेछ । ‘फिल्मको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । सुटिङ सकेर काठमाडौं आएपछि सुदर्शन दाईलाई ‘मेरो अझै कहीँ कतै बाँकी छ कि’ भनेर सोधें । किनकी तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ । म पुरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले गरेको थिइनँ’, उनी भन्छन् ।

बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.