काठमाडौं ,भाद्र १४
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शन भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘वर एण्ड वधु’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘वर एण्ड वधु’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘वर एण्ड वधु’ ’प्रदर्शनमा आएको छ।चलचित्र ‘वर एण्ड वधु’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।
सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।
नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनको लोकेशनमा खिचिएको यो चलचित्रमा अमित रिजाल कार्यकारी निर्माता हुन् भने एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।


