• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवनका सबै इँटा उद्योग बन्द

  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् ।

सात वटा उद्योग सञ्चालनमा रहेकोमा उत्पादित इँटा बजारमा बिक्री गर्न कठिन भएपछि उद्योग नै बन्द भएको हो । एक वर्षदेखि चितवनमा कुनै पनि इँटा उद्योग सञ्चालनमा रहेका छैनन् । यहाँका उद्योगले उत्पादन गरेको इँटा समेत बिक्री गर्न नसकेर बन्द भएका उद्योगमा नै थन्किएको छ ।

गुणस्तर भन्दा सस्तो सामग्री लिने ग्राहकको सख्या बढेपछि बिक्री गर्न समस्या हुँदा सबै उद्योग बन्द भएको चितवन इट्टा उद्योग सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । एक वर्ष अगाडिदेखि कुनै पनि उद्योग सञ्चालनमा छैनन् उहाँले भन्नुभयो ‘अब चल्ने अवस्था पनि छैन ।’

कोभिडको समयमा सङ्क्रमणले असर पार्ने भन्दै एक वर्ष बन्द भयो उहाँले भन्नुभयो ‘त्यो समयमा जिल्लामा १८ वटा इँटा उद्योग थिए । त्यसपछि उद्योगको सख्या घट्दै गयो । ’ २०७९ सम्म जिल्लामा सात वटा उद्योग सञ्चालनमा थिए । २०८० साल लागेपछि जिल्लामा कुनै पनि उद्योग सञ्चालनमा छैन अध्यक्ष सापकोटाले भन्नुभयो । ३० वर्ष अगाडि जिल्लामा ४४ वटा उद्योग सञ्चालनमा थिए अहिले इँटा उद्योग विहीन जिल्ला भएको छ ।

जिल्लामा उद्योग बन्द हुने कारणहरू धेरै भएको उद्योगीहरूले बताएका छन् । उद्योगको लागि जग्गा भाडामा पाउन नसक्नु, पाए पनि कच्चा सामग्री माटो पाउन मुस्किल, महँगोमा माटो खरिद गरेर ल्याउँदा लागत वृद्धि हुँदै जाने समस्या छ । लागत अनुसारको मूल्य राख्दा तराइबाट आएको इँटासँग प्रतिस्पर्धा गर्न नसक्नु अर्को समस्या भएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

अहिले प्रतिगोटा १३ रुपियाँमा तराइको बारा, रौतहट, सर्लाहीबाट चितवनमा इँटा आउने गरेको छ । चितवनका उद्योगले प्रतिगोटा १४ देखि १५ रुपियाँमा बिक्री गर्दै आएका छन् । चितवनमा उत्पादन हुँदै आएको इँटा नवलपरासी, गोरखा, कास्की, म्याग्दीलगायतको जिल्लामा जाने गरेको थियो । तराइका जिल्लाबाट आएको इँटा मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, काठमाडौँ, कास्की, गोरखा, बागलुङ, पर्वत, नुवाकोट, दोलखा, सिन्धुलीलगायतको जिल्लामा जाने गरेको छ ।

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.