• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

फिल्म ‘रावायण’ मा छायाकार सौरभ लामाको चर्चा

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

काठमाडौं ,भाद्र १६
यही भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’ यतिबेला चर्चामा छ । फिल्मको टिजर, ट्रेलर सार्वजनिक भएपछि फिल्मको एक्सनदेखि खिचाईको राम्रै तारिफ भइरहेको छ । यो फिल्ममा सौरभ लामाको छायांकन छ । टिजर, ट्रेलर र गीत सार्वजनिक भएपछि उनको कामको प्रशंसा सबैले गरेका छन् ।

सौरभका अनुसार ‘रावायण’का लागि उनले एक वर्षदेखि तयारी गरेका रहेछन् । ‘फिल्मको लोकेसन हेर्न हामी ६ पटक गइसकेका थियौं । पूर्वको सिन्धुलीदेखि सिराहा, सर्लाही, सप्तरीलगायतका स्थान पुग्यौं । मलाई लाग्छ स्क्रिप्टको २२ औं ड्राफ्ट पछि फाइनल भयो’ सौरभ भन्छन् ।

सौरभले अहिलेको दर्शकलाई साउथ फिल्म हेर्ने बानी भएकाले पनि ‘रावायण’मा त्यस्तो फ्लेभर देखाइएको बताए । ‘अहिले साउथको फिल्म हेर्ने बानी लागेको छ । हामीले नर्मल खिचे जस्तो त हुँदैन । कि त टिपिकल गर्नु पर्यो कि त लेभलको गर्नुपर्यो । नेपालमा नभएको चिजलाई ‘रावायण’मा देखाउनकै लागि हामीले खिचाईमा नयाँ प्रयोग गर्यौं’, उनी भन्छन् ।

सौरभले ‘रावायण’मा लाइटिङलाई निकै महत्व दिइएको बताए । ‘प्राविधिक कुरा गर्दा लाइटिङको कुरा अगाडि आउँछ । लाइटिङ त गर्ने, तर कुन तरिकाले गर्ने । मैले यसमा लाइटको एउटा प्याटर्न निकालें । लाइटिङमा टोन र कलर महत्वपूर्ण हुन्छ । गर्मी मौसममा छायांकन गर्नुपर्ने भएकाले वार्ममा जोनजीको मिक्स गरेर टोन तयार पारें । यो योजना पहिलेदेखि नै हो’, उनले भने । उनले आफूले काम गरेको फिल्ममा ‘सम्हालिन्छ कहिले मन’ पछि ठूलो क्यानभासको फिल्म ‘रावायण’ भएको खुलाए ।

सौरभका अनुसार फिल्ममा पलको डुब्लिकेटको फेस खिच्नुपर्दा झण्डै ३५ वटा क्यामरा प्रयोग भएका थिए । फेसको मुभमेन्ट खिच्नकै लागि यति धेरै क्यामरा प्रयोग भएको उनको भनाई छ । ‘फिल्ममा सबैभन्दा गाह्रो भनेकै एकै पात्रको दुई दृश्य खिच्नु हो’, उनी भन्छन् ।

सौरभको अनुभवमा फिल्ममा जनावरको दृश्य खिच्नु र डबल पार्ट मुभमेन्ट खिच्नु चुनौतिपूर्ण हुन्छ । ‘जनावरसँग काम गर्दा हामी जनावरको टाइमिङमा चल्नुपर्छ । हाम्रो टाइममा ऊ चल्दैन । उसले आक्रमण पनि गर्न सक्छ । उसको मुभमेन्टमा हामीले कुरेर खिच्नुपर्छ’, उनी भन्छन्, ‘अर्को भनेको डबल पार्ट हो । हाम्रोमा भयंकर काम गर्ने भिजुल आर्टिस्ट छैनन् । या त हामीले यही भएका साथीभाईलाई ‘ल है यसरी गरौं’ भनेर काम गर्ने हो या त सल्लाह लिने हो । फिल्ममा पल कान्छा र रागव चरित्रमा छन् । उसले रागव हुँदा जे जे गर्यो, कान्छा हुँदा त्यो चिज गर्दैन । उसको डिफरेन्ट मुभमेन्ट खिच्न हामीले महंगो क्यामरा पनि प्रयोग गरेका थियौं । किनभने ऊ हरेक दिन परिवर्तन हुन्थ्यो ।’

सौरभले पलको हकमा उनको बडी डबलका लागि पलकै शरीर प्रयोग गरेको खुलाए । ‘अर्को सिमिलर राख्न, उसको लुक्स मेन्टेन गर्नलाई मात्रै हामीले अर्को मान्छे राखेका थियौं । पछि त्यो मान्छे रिमोभ गरेर पललाई नै ज्वाइन गराएका छौ । पलको टाउको मात्र काटेर जोड्ने काम गरेका छैनौं’, सौरभले भने ।

सौरभले अन्तर्राष्ट्रिय मापदण्डकै क्यामरा प्रयोग गरेको दाबी गरे । ‘हामीले नयाँ क्यामरा प्रयोग गरेका छैनौं । अन्तर्राष्ट्रिय मापदण्डकै क्यामरा भएकाले क्वालिटी मेन्टेन छ । एमाजोन, नेटफ्लिक्स सबैले भेरिफाई गरेको क्यामरा प्रयोग गरिएको हो,’ उनले भने । सौरभका अनुसार उनको १२ जनाको टिमले ‘रावायण’ छायांकन गरेको थियो । यसअघि फिल्म ‘कमिटमेन्ट १६ आवर्स’मा उनको टिम संख्या १६ थियो ।

यो फिल्म गर्दा उनले उत्तिकै चुनौती भोगेका छन् । ‘हामीले वैशाखमा तराईको झण्डै ४२ डिग्रीमा फिल्म खिचेका छौं । फिल्ममा पल दुई चरित्रमा देखिएकाले उसले एक छिन पनि आराम नगरी काम गरेको छ । हामीले राम्रो संख्यामा स्थानीयलाई फिल्ममा राखेका छौं । तर उनीहरुलाई कति दिनसम्म राख्ने भन्ने अर्को तनाव थियो । किनकी त्यो समयमा इददेखि अन्य चाडवाड पनि थियो । उनीहरुलाई पनि समय दिनुपर्यो’, उनी भन्छन् ।

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.