चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् ।
नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’
चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने देखिन्छ । चितवनमा हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।
मह बिक्री हुन छाडेपछि किसानले उत्पादित महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याउन थालेका छन् । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका छन् ।


