• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र ‘एक्टर: टेक वन’ को गीतमा प्रदिप खड्का र दिव्या रायमाझीको रोमान्स

  •   बिहिबार, असोज २४, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २४
चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ।

शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्। यो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्यालाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट नेपाल फर्केर आफ्नो करियरको सुरुआत गरेकी हुन्। गीतको भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ।

चलचित्र ‘एक्टर: टेक वन’ को टिजर पहिले नै लोकप्रिय बनेको छ, जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ। चलचित्रको मिडिया प्लानिङ जीवन पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.