• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सुजिता भण्डारी मृत्यु प्रकरणमा आरोपित सचिन भण्डारी निर्दोष ठहरिए

  •   शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

वैशाख १६ ,भरतपुर । सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन् । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार सफाइ हुने फैसला सुनाएको हो ।

राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो । घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिनलाई बनाई सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

गत असार २२ गते सुजिताकी आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको भनी जाहेरी दिएकी हुन् । आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए । अहिले पनि उनी भरतपुर कारागारमा रहेको जेलर कमल आचार्यले जानकारी दिए ।

काठमाडौँमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा गरेको बयानमा उल्लेख छ । ‘हामीबीच प्रेम सम्बन्ध हो, तर हाडनाताको सम्बन्धमा बिहे गर्न हुन्न भनेँ, उनले मर्छु भनिन् । मैले जेसुकै गर भनेँ, पछि थाहा भयो, उनी विष सेवन गरेर मरिछन्’, सचिनले बयानमा भनेका छन् । मृतककी दिदीले उनीहरुबीचको प्रेम सम्बन्धबारे परिवारलाई थाहा नभएको बताएकी छन् ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौँ गई केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाएपश्चात् दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठूलोबुबाको छोरा झापा जिल्लाका सुकदेव (सचिन) भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो ।

घटनाको पृष्ठभूमि

मलाई कोही अपरिचित मानिसहरुले आँखामा केही छर्की सुँघाई सौराहातर्फ लगेका छन् भनेर असार ११ गते आफ्नो मोबाइलबाट फोन तथा एसएमएस गरी जानकारी गराएकी भन्दै परिवारले अपहरण भएको भनी खोज्न आग्रह गरेका थिए । असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मस्थान सामुदायिक वनस्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो ।

पोस्ट मार्टम रिपोर्टबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको थियो । स्थानीय र परिवारले अपहरणपश्चात् हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए । तत्पश्चात् जिल्ला प्रशासनले दुईदिनसम्म त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरी र स्थानीयबीच झडप भएको केही राउन्ड अश्रुग्यास प्रहरीले प्रहार गरेको थियो ।

परिवारको आग्रहपछि शिक्षण अस्पताल काठमाडौँ लगेर पोस्ट मार्टम गरिएको थियो । रिपोर्टबाट कारण नखुलेपछि थप कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएको थियो ।

रिपोर्टमा उल्लेख भएअनुसार मृत्युको कारणका सम्बन्धमा भण्डारीको मृत्यु विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना रहेको हाम्रो राय छ भनी फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरीले बताएका थिए ।
आफैँले आफैँमा गराइएका चोटहरु मृतकको शरीरमा भएको, उक्त चोटहरु देब्रे हात तथा दाहिने खुट्टामा रहेको र यी चोटहरु सामान्यतया आत्महत्या गर्ने नियत भएका व्यक्तिमा पाइने चोटहरु हुन् भनी कारणमा खुलाइएको छ ।

घटनास्थलबाट बरामद बोतल परीक्षणका क्रममा भेटिएको विषादी जसको सेवनपछि शरीरमा परिवर्तितरुपमा परिणत भई छोटो समयमा नै विलय हुने र डिकम्पोजिनले समेत शरीरमा भएको विषादीलाई ह्रास गर्ने भएकाले भिसेरा परीक्षणमा विषादी नदेखिएको रिपोर्टमा उल्लेख छ ।

 

स्रोत :दिपेन्द्र अधिकारी,चितवन पोस्ट

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.