• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विपिन र स्वस्तिामा राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता-अभिनेत्री

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रलाई नेपालको पर्यटन उद्योगसँग जोडेर काम गर्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले आज राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रको विकासबाट नेपालको समृद्धिको यात्रा तय गर्ने सवालमा नेपाल सरकारले आवश्यक नीति नियम सहित आवश्यक पूर्वाधार तथा श्रोत साधन जुटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तु भन्दा गाउँ-समाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो ।

पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पुर्‍याउने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको उल्लेख गर्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चलचित्र क्षेत्रलाई महत्वपूर्ण अङ्ग बनाउने गरी सरकार लागिरहेकाले त्यसमा सहयोग गर्न सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको समग्र विकासका लागि नयाँ चलचित्र ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहलाई सम्मान गर्नुभयो । सो सम्मान पुरस्कारको राशि ३ लाख ७५ हजार रुपैयाँ नगद रहेको छ । सोही अवसरमा चलचित्र विशेष योगदान सम्मान र विशेष चलचित्र पुरस्कारबाट विभिन्न चलचित्र र चलचित्रकर्मीहरूलाई पनि सम्मान गरिएको थियो ।

विशेष योगदान सम्मानबाट सुरेन्द्रमान तुलाधरलाई मरणोपरान्त प्रदान गरियो । ५० हजार रुपैयाँ सहितको सो सम्मान स्वर्गीय तुलाधरकी धर्मपत्नी अनिता तुलाधरलाई प्रदान गरिएको थियो ।

यस्तै विशेष योगदान सम्मान बाट सम्मानित हुने अन्य कलाकारहरूमा तैयव शाह, केशव प्रसाद रायमाझी, विद्या कार्की, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्दकिशोर श्रीवास्तव, भोजबहादुर गुरुङ, अमुल कार्की ढली, ध्रुवकुमार श्रेष्ठ, बुद्धि तामाङ र सविता गुरुङ रहनुभएको छ ।

यस्तै समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चलचित्र पुरस्कारबाट विभिन्न १० वटा विधामा विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई सम्मानित गर्नुभयो ।

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:
उत्कृष्ट सिनेमा : बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी सिनेमा : लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री – स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक सिनेमा – जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार

विशेष सिनेमा पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

सिनेमा दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो सिनेमा ‘आमा’की अभिनेत्री)

 

बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.