• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय

  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ।

महासङ्घको २७औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि आज बसेको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक सङ्कट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो।

यसैगरी समाचारका विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी महासङ्घका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो। मिडिया मिसनमा केन्द्रीय सदस्य शङ्कर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासङ्घ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन्।

महासङ्घको २७औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासङ्घको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समिति, सरोकार भएका सङ्घसंस्था, महासङ्घका सदस्य, महासङ्घ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको पनि महासचिव दाहालले बताउनुभयो।

महासङ्घको इतिहासमा २७औँ महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त समूहका तर्फबाट अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित हुनुभएको हो। २७ औँ महाधिवेशन गराउने कार्यसमितिको कार्यवाहक अध्यक्ष पनि संयोगले महिला नै भएको इतिहास पनि स्थापित भएको छ।

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.