• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

बैठकले महत्त्वपूर्ण बिषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ। संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ। सोअवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ। सो सम्मान र पुरस्कारका लागि संघले पाँचौं पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय गरेको छ।

यही पुस १२, १३ र १४ गते तीन दिन चलेको बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको महासचिव सापकोटाले बताए । उनका अनुसार बैठकका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरुको सम्बन्ध बिषयक अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, देशभरबाट प्रतिनिधित्व हुने गरि ५० जना चलचित्र पत्रकार,चितवनका सिनेमा हल संचालकहरुको सहभागिता रहेको थियो। अन्तरक्रियामा बोर्ड अध्यक्षले आफुले सय दिनमा गरेका कामहरुको बारेमा जानकारी समेत गराए। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हल संचालकहरुको बिषयमा पनि छलफल गरिएको थियो।

यी हुन् १३ बुँदे चितवन घोषणापत्र

१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि संघ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

२. चलचित्र पत्रकारिता पेशामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै संघको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग संघ अपिल गर्दछ।

३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ। पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसंगतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यवसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ।

४. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

५. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।

६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।

७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो। यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

८. नेपाली कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धीत निकायसँग माग गर्दछ ।

९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

१०. चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालय सहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ।

११. नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्णरूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ। साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ।

१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवद्र्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ। साथै सिनेमा पर्यटनको प्रवद्र्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायांकनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।

१३. संघको पाँचौं पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार संघ नेपाल चितवन शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.