• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘फेरि रेशम फिलिलि’ को गीतलाई दर्शक तथा स्रोताको साथ , ट्रेडिङको शिर्ष स्थान

  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित

काठमाडौं , माघ २३
गीत त्यसै हिट हुँदैन । गीत हिट हुन क्याची मेलोडी चाहिन्छ । ताकी लयले स्रोतालाई गुनगुनाउन प्रेरित गर्छ । शब्द एकदुई पटक सुन्दै कण्ठ हुने सरल हुनुपर्छ । अनि मात्रै गीत हिट हुन्छ । यस्तै गीत हो, फेरि जालमा ।

यो गीत रिलिज हुबित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् । ‘फेरि रेशम फिलिलि’ सिनेमाको यो गीतमा कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ ।

काली जसले नेपाली सिनेमा उद्योगलाई सर्वकालीन हिट गीत दिएका छन् । नेपाली सिनेमाको संगीतमा माइलस्टोन खडा गर्ने संगीतकार हुन् । कालीलाई यो गीतमा सोमिया बराइलीले स्वरमा साथ दएकी छन् । मानसराजको शब्द छ । दर्शकको राम्रो साथ पाइरहेको हुँदा शिर्ष स्थानमा छ ।

यो गीतलाई अहिले दर्शक तथा स्रोताले मनपराइरहेका छन् । भनिरहेका छन्, अर्को राम्रो गीत । गीत मन पराएर स्रोताले सिनेमा ‘फेरि रेशम फिलिलि’लाई सफलताको शुभकामना दिइरहेका छन् ।

‘काली दाइको आवाजमा साँच्चै नै एक किसिमको जादु छ, मनैदेखि माया छ दाजुप्रति । अनि आँउदै गरेको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण कलाकर तथा निर्माता निर्देशकलगायत सम्पूर्ण फिल्म परिवारलाई अग्रिम शुभकामना,’ युट्युबमा गीत हेरेर एक व्यक्ति कमेन्ट गर्छन्, ‘पहिलो भाग हलमा हेरियो, यो चाहिँ अलि नपाइने भयो । हाल साउदीबाट ।’

गीत मात्रै होइन भिडियो मन परेको भन्दै खुलेर प्रशंशा गरिरहेका छन् । गीतको भिडियो हेरेर जीवन गैरले सुपुष्पा भट्टको तारिफ गरेका छन् । उनी लेख्छन्, ‘पहिलोपटक नेपाली कलाकारमा सबैभन्दा मनपरेको हिरोइन यिनै हुन् । यो गीतलाई सुहाउने हिरोइन ।’

गीत समय सान्दर्भिक भएको चिरन्जिवी बास्कोटालाई लागेको छ । उनी लेख्छन्, ‘गीत राम्रो छ । समयको मागलाई सम्बोधन गरिएको पाएँ । हेर्दाहेर्दै गीत सकिनुको बेग्लै मजा छ ।’

गीतजस्तै सिनेमा पनि राम्रो रहेको निर्माण टिमले बताउँदै आएको छ । हसाउँदै कथा भन्ने सिनेमाले दर्शकलाई मजाले इन्टरटेन र इंगेज गराउने निर्देशक निरोज महर्जनले बताएका छन् ।

सीमा बोहरा लेख्छिन्, ‘रिसाएको बेला रमाइलो हुने र एक्लै हुँदा आफ्नै ध्यानमा नाच्ने र गाउने गीत राम्रो लाग्यो ।’

भिडियोको स्क्रिन प्लेको पनि तारिफ भइरहेको छ । कालीको स्वर र संगीतमा जादु रहेको भन्दै हलमा चलचित्रले पनि जादु चलाउनेमा धेरैले अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् । धेरैले ०७२ सालमा भूकम्प जाँदा ‘रेशम फिलिलि’ चलिरहेको स्मरण गरेका छन् ।

यो गीत करिब दश वर्ष अघिको भारइल गीत ‘जालमा’लाई रि-क्रियट गरिएको हो । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमामा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो सिनेमा फागुन १४ मा रिलिज हुँदै छ ।

बुधबार, माघ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.