काठमाडौं , फागुन ६
व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको शब्द रहेको चर्चित गीत ‘युके बस्ने माया’ लाई युट्युवमा एक करोड बढी भ्युज मिलेको छ । गत जेठमा सार्वजनिक उक्त गीत उनको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’माफर्त गीत सार्वजनिक गरेका थिए ।
गीतमा चर्चित गायिका शान्तिश्री परियार र बद्री सापकोटाको स्वर रहेको छ भने सापकोटाको नै संगित रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोलाई ५३ हजार बढी लाईक मिलेको छ भने करिब ७ सय उत्कृष्ट कमेन्ट मिलेको छ । ‘युके बस्ने माया’ लाई टिकटकमा समेत चर्चित रहनु साथै लाखौ भिडियो बनेका छन् ।
भिडियोमा विनय अधिकारी र जुनु गुरुङले अभिनय गरेका छन् । अधिकारीको यो दोश्रो गीत हो । यसअघि ‘दुनियाँ लठ्ठै छ’ बोलको गीत बजारमा ल्याएका थिए । उनले छिट्टै बजारमा नया गीत ल्याउन लागेको समेत जानकारी दिनुभयो ।
नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले सांगितिक क्षेत्रमा लगानी गरिरहेका छन् । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।


