• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

१७ वर्षमा जेल ४८ वर्षमा मुक्त

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

काठमाडौं ,१९ फागुन
फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागुऔषध र कर्तव्य ज्यान दुई मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम २४ वर्ष सजायको सट्टा ३० वर्ष छ महिना सजाय भुक्तान गरे । १७ वर्षको उमेरमा लागुऔषध मुद्दामा पक्राउ परेका तामाङ सर्वोच्च अदालतको आदेशले ४८ वर्षको उमेरमा फागुन ६ गते रिहा भए ।

नियमित प्रक्रियाबाट कानुनी उपचार नपाएपछि तामाङ वैकल्पिक उपचारबाट बन्दीप्रत्यक्षीकरण रिटको आदेशले थुनामुक्त भएका हुन् । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासको आदेशानुसार तामाङ फागुन ६ गते रिहा भएका हुन् । तत्कालीन मुलुकी ऐनको दण्डसजाय महल अनुसार अधिकतमभन्दा बढीको कैदलाई सर्वोच्चले गैरकानुनी भनेको छ ।

सार्केलाई थुनामुक्त गर्ने संयुक्त इजलासको सङ्क्षिप्त आदेशमा भनिएको छ, “वादी श्री ५ को सरकार प्रतिवादी यी निवेदक भएको लागुऔषध मुद्दा तथा चन्द्रमान तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यी निवेदक भएको कर्तव्य ज्यान मुद्दामा ठहरेको फैसलाबमोजिम तत्काल कायम रहेको मुलुकी ऐन दण्डसजायको महलको ८ नं. ले निजलाई हुन सक्ने अधिकतम कैदको सजाय भुक्तान भइसकेको देखिँदा सो मितिपश्चात्को निजको थुनालाई कानुनबमोजिमको थुना भनी मान्न मिल्ने नदेखिँदा निवेदक सार्के तामाङलाई गैरकानुनी थुनाबाट अविलम्ब मुक्त गर्नू ।”

तत्कालीन मुलुकी ऐनको दण्डसजाय महलमा एक व्यक्तिले एकभन्दा बढी कसुरमा सजाय पाएमा सबैभन्दा बढी कैद भुक्तान गरे पुग्ने व्यवस्था थियो । हाल खारेज भइसकेको उक्त व्यवस्था अनुसार थुनामा बसेको अवस्थामा कसैले जन्मकैद हुने कसुर गरेमा बढीमा थप चार वर्ष कैद गर्न पाउने व्यवस्था छ ।

तत्कालीन मुलुकी ऐन दण्डसजाय महलको ८ नं. मा भनिएको छ, “एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा अरू सजाय हुने खत गरेको भए पनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठुलो सजाय भएपछि सानो सजाय हुने खत वा सो सजायमध्ये कुनै सजाय भएपछि अरू सानो सजाय हुने खत खापिँदैन ।”

सार्केलाई लागुऔषध मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपियाँ जरिबाना भएको थियो । कारागारमै रहेको अवस्थामा सार्केको कुटपिटबाट एक कैदीको ज्यान गएपछि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए । सो मुद्दामा जन्मकैदको सजाय भएको थियो । कानुन अनुसार सार्केको हकमा जन्मकैद २० र थप चार वर्ष गरी २४ वर्ष कैद हुनु पथ्र्यो तर उनले रिहाको दिनसम्म ३० वर्ष छ महिना कैद पूरा गरेका हुन् ।

के थियो घटना ?

लागुऔषध कसुरमा तामाङ २०५१ भदौ ३ गते पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलादेखि नै उनी थुनामा रहेका थिए । पुर्पक्षका क्रममा थुनामा परेका उनलाई २०५३ वैशाख १७ गते जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो । १५ वर्ष कैद र पाँच लाख रुपियाँ जरिबानाको फैसला जिल्ला अदालतले गरेको थियो । तत्कालीन पुनरावेदन अदालत इलाम र सर्वोच्चबाट समेत फैसला सदर भएको थियो । सर्वोच्चले २०५७ असार ८ गते तल्लो अदालतकै फैसला सदर गरेको थियो ।

थुनामै रहेको अवस्थामा सुनसरीको झुम्का कारागारमा सार्केले अर्का कैदी अर्जुन तामाङमाथि कुटपिट गरी ज्यान लिएको अभियोगमा दोस्रो मुद्दा दर्ता भएको थियो । २०६८ चैत १ गते सुनसरी जिल्ला अदालतले सार्केलाई जन्मकैदको सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत विराटनगर र सर्वोच्चले पनि सार्केलाई जन्मकैदको सजाय सुनाएको थियो । २०७३ चैत २१ गते सर्वोच्चले जन्मकैद सदर गरेको थियो । गोरखापत्र बाट साभार

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.