चितवन , फागुन २० – भरतपुर महानगरपालिका वडा नं–२, शहीद चोकस्थित भेटघाट रेस्टुरेन्टमा काम गर्ने एक कामदारको सुतेको अवस्थामा मृत्यु भएको छ ।
गोरखाको आरुघाट गाउँपालिका वडा नं–५ घर भई हाल भेटघाट रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय दीपक थापामगर राति खाना खाइ सुतेको र बिहान साथीहरुले उठाउन खोज्दा मृत्यु भैसकेको अवस्थामा फेला परेका हुन् ।
रेस्टुरेन्टको खाने कोठामा सुतेकै अवस्थामा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।आइतवार राति खाना खाएर सुतेका मगरलाई सोमबार बिहान ७ बजे साथिहरुले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया


