• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विपन्नलाई नि:शुल्क एम्बुलेन्स, घर-घरमै वृद्धभत्ता : कमल मुक्तान

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

बैशाख २४ , चितवन। कालिका नगरपालिका ७ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार कमल मुक्तान घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा उठेका मुक्तान वडाबासी माझ लोकप्रिय छन् ।

युवा उम्मेदवार मुक्तानले वडाध्यक्षमा विजयी भए वडा भित्रका विपन्न वर्गका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । कालिका ७ मा धेरै पिछडिएको वर्गको बसोबास रहेकोले उनीहरुका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्थालाई आफुले प्राथमिकतामा राखेको उनले बताएका हुन् ।

‘यहाँ धेरै विपन्न वर्गको बसोबास छ । उहाँहरुले अस्पतालसम्म जानका लागि एम्बुलेन्स भाडा तिर्न समेत नसक्ने अवस्था छ, उनले भने, ‘त्यस्ता पिछाडिएका र विपन्न वर्गका लागि अस्पतालसम्म जान नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता जनाउन चाहन्छु ।’

यस्तै उनले वृद्धवृद्धाहरुका लागि घर-घरमै वृद्धभत्ता पुराउने व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् । उनले आफु विजयी भए वृद्धभत्ताका लागि बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्। बैंकसँग समन्वय गरेर वडा कार्यालय मार्फत नै घर-घरमा वृद्धभत्ता पुराउने व्यवस्था गरिने उनको प्रतिवद्धता छ ।

मुक्तानले युवाहरुका लागि सिपमुलक तालिम ल्याउने बताएका छन् । बिरोजगारी अन्त्यका लागि सिपमुल्क तालिम सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने उनको योजना छ । कृषिमा लाग्न चाहनेहरुलाई फार्म दर्ता गराई बिभिन्न अनुदान तथा बिना धितो ॠण उपलब्ध गराउन प्रयास गर्ने समेत उनले बताए ।

कालिका ७ मा भूमिहिन सुकुम्बासीहरुको बसोबास रहेको छ । त्यस्ता भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरणका लागि नगरपालिकासँग समन्वय गरेर पहलकदमी गरिने उनले बताए । यस्तै वडा भित्रका बस स्टेसनहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

उनले वडा भित्र अनिवार्य रुपमा स्वास्थ्य बीमा लागू गर्ने बताए तथा अती विपन्न तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले बताए । सिचाँईको उचित व्यवस्थापन, डुबान नहुने गरी निकास, कच्ची सडकमा कालोपत्रे, बाटोको स्तरोन्नती, सबै वडाबासीमा शिक्षा, स्वास्थ्यको पहुँच, कृषिलगायतलाई आफुले प्राथमिकतामा राखेको उनले बताए ।

उनले जनताको सेवकको रुपमा सेवा गर्नका लागि आफु चुनावी मैदानमा उत्रिएको भन्दै अहिलेका प्रतिवद्धता पुरा गर्ने बताए । मतदाताहरु पनि सत्ता गठबन्धन दलहरु प्रति सकारात्मक रहेका छन् । पालिकासँगै कालिका ७ मा गठबन्धनको जित हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले विश्वास व्यक्त गरे । ‘मतदाताहरु सकारात्मक हुनुहुन्छ । गठबन्धनले जित्नेमा विश्वस्त छु ।’ उनले आफुहरुले मतदाताको मन जितिरहेको दाबी गरे ।

उनले गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी गराउन वडाबासीलाई आग्रह समेत गरे । कालिकामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शिवराम केसीलाई उठाएको छ । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबिता लामा उम्मेदवार छिन् ।

वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णुमाया परियार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर विक रहेका छन् ।

शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.