माडी , फागुन २४ । अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसर पारी माडीमा आयोजित आत्महत्या विरुद्धको महिला दौड प्रतियोगितामा नेपाल प्रहरीका सुमित्रा कुमारी चौधरी प्रथम हुनुभएको छ ।
पुलिस एकेडेमी महाराजगञ्जमा आवद्ध दाङ देउखुरीका २० बर्षीया खेलाडी चौधरीले २० मिनेट २१.१६ सेकेण्डमा दौड पुरा गर्दै प्रथम स्थान हासिल हुनुभएको हो । त्यस्तै सर्मिला मैनालीले २२ मिनेट ३१.९८ सेकेण्डमा दौड पुरा गर्दै दोश्रो स्थान र २२.३९ सेकेण्डमा दौड पुरा गर्दै प्रमिला लामा तेश्रो हुनुभयो ।
११५औं अन्तर्राष्ट्रिय नारी दिवसकोे अवसर पारी नवगठित बसन्तपुर राइजिङ स्टार क्लबकोे आयोजनामा सो प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा करीब ८० जनाको सहभागिता रहेको थियो । माडीको बरुवा बजारदेखि बसन्तपुर बजारसम्म ५५०० मीटर दौड प्रतियोगिता सञ्चालन भएको आयोजक संस्थाका सचिव समेत रहनुभएका कार्यक्रम संयोजक विश्वास आचार्यले जानकारी दिनुभयो ।


