• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

महिलाले पनि काम गरेर देखाउना सक्छ भनेर रेनु दाहालले प्रमाणित गरिन :स्थानिय महिलाहरु

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

बैशाख २४ , चितवन । भरतपुर महानगरको स्थानिय तहको निर्वाचनले यतिबेला देशैभरि सबैको ध्यान तान्न सफल भएको छ । चर्चा चुलिएसंगै भरतपुर महानगरको चुनावी गतिविधी रोचक बन्दै गएको छ । दुई धुर्बमा बाँडिएर चुनावी गतिविधीमा संलग्न भएका दलहरु यतिबेला प्रचारप्रसार र घरदैलोलाई तिब्रता दिएका छन् । देशभरि नै पकड बनाउन सफल भएको सत्तारुढ ५ दलिय गठबन्धनले आफुहरु प्रतिगामी विरोधी शक्ती भएकाले चितवनका मतदाताहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

उता राप्रपासंग गठबन्धन गरेको एमालेले पनि प्रचारप्रसारलाई तिब्रता दिदै घरदैलो अभियानलाई निरन्तरता दिईरहेको छ । प्रचारप्रसारको दिन कम हुँदै गर्दा पालिका प्रमुख देखि वडा सदस्य सम्मका उम्मेदवारहरु यतिबेला आफ्नो गांउठांउको विकास र समृद्धिका खाकाहरु प्रस्तुत गर्दै मतदाता रिझाउन व्यस्त छन् । त्यसमा पनि भरतपुर महानगरको प्रमुख पदमा निर्वतमान मेयर रेनु दाहालले उम्मेदवारी परेपछि देशवासीको ध्यान नै अहिले भरतपुर तर्फ सोझिएको छ ।

५ वर्ष अघि दाहालले चुनाव जित्दै गर्दा अधिकांश नगरबासीले यत्रो नगरले महिला मेयर पाएको छ, के विकास हुने होला र खै, भन्दै गर्दा त्यही मतदाताहरु ५ वर्ष पछि अहिले नगरको विकास देखेर दंग छन् । अवसर पायो भने पुरुष मात्र नभई महिला पनि उत्तिकै सबल र सक्षम छन् भन्ने नुमना दाहालले प्रस्तुत गरेकी छिन् । दाहालको नेतृत्वमा गएको ५ वर्षमा स्थानिय स्तरमा यति धेरै विकास भएको छ कि, केही स्थानका स्थानियबासी पनि चकित भएका छन्, पुर्वाधार निर्माण देखेर ।

‘घर अगाडीको यो सडक वर्षामा हिलाम्य र अन्य बेला धुलाम्य मात्र हुन्थ्यो, कच्ची सडक ग्राभेल पनि के हुन्थ्यो र भनेर सोचेकी थिए, पश्चिम चितवनका पार्वती विकले भनिन्,‘तर सोचेभन्दा फरक भयो, अहिले त कालोपत्रे नै भएको छ, आश्चर्यचकित छु ।’ जिल्लाको एकमात्र पहाडी गाविस भरतपुर २९ कविलास आसवीर तामांगको प्रतिक्रिया पनि उस्तै छ, उनले भने,‘यो पहाडी गाविसमा खानेपानी र स्वास्थ्य चौकीको धेरै समस्या थियो, तर अहिले ३ वर्ष यता धेरै हदसम्म सुविधा पाएका छौं ।’ विगतमा स्थानिय जनप्रतिनिधले गर्न नसकेको विकास महानगर भईसकेपछि मेयर रेनु दाहालको अगुवाईमा भएको छ, महिला भएर के भयो, विकास गर्ने भिजन र उच्च मनोबल हुनुपर्छ, त्यो उहाँमा मैले पाए ।’

वितेको पाँच वर्षको कार्यकालमा निवर्तमान महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर चर्चा जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै चुलिएका ेछ । वितेको पाँच वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरिएको छ । ४५० किलोमिटर सडक स्तरीय ग्राभल गरिएको छ । नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड आठ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइ सकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ ।

त्यस्तै गोन्द्राङ पुल्चोक ६ लेन सडक, नारायणी नदिको तटबन्धन, अन्तर्राष्ट्रिय रंगशाला, यि त भए ठुलो पूर्वाधारका कार्यक्रम । स्वास्थ्य, शिक्षा, कृषिलाई लक्षित गरि उनले ल्याएको साना योजनाले मूर्तरुप पाउदा स्थानिय समेत खुसी छन् । महानगरको मेयर पदमा उनले पुनः उम्मेदवारी दिएपछि महिला मतदाता उनको पक्षमा मतदान गर्न झनै हौंसिएका छन् ।

स्थानिय महिलाहरुको भनाई छ, उनको बुवा प्रचण्ड एउटा राष्ट्रिय पार्टीको प्रमुख छ, उनको अग्रसरमा भरतपुरमा धेरै बजेट आए होलान, तर स्थानिय स्तरको विकासको खाका त उनका बुवा प्रचण्डले कोरेनन्, रेनुले आफ्नै क्षमताले गरिन्, समग्र नगरको विकासमा उनको ठुलो योगदान छ, त्यसैले अहिले बाँकी भएका अधुरा विकास योजनाहरु पुरा गर्न पनि एक कार्यकाल उनलाई जिताउनै पर्छ।

शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.