• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अहिले लोडसेडिङ हुँदैन समस्या अप्रिलदेखि : प्राधिकरण

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

काठमाडौं , चैत्र ०३
भारतले आइतबार (आज) देखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतले मार्च १६ तारिखदेखि नेपालमा दिउँसोको समय (सोलार आवर) अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र इन्डियन इनर्जी एक्सचेन्जमार्फत विद्युत् उपलब्ध गराउने र अन्य समयमा विद्युत् दिन नसक्ने जनाएको छ । इनर्जी एक्सचेन्जबाट बोलकबोलको समयमा सीमितता आएपछि नेपालमा विद्युत् व्यवस्थापनका लागि राति लोडसेडिङ हुने आशङ्का रहेको छ तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत्को उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने स्पष्ट पारेको छ । “केहिले लोडसेडिङ हुन्छ कि भन्ने आशङ्का गरिरहेको पाइएको छ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “सोलार आवरको समयबाहेकको समयमा विद्युत् व्यवस्थापन गर्न हामीले आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकेका छौँ । लोडसेडिङको हल्ला बेकार छ ।”

पछिल्लो पटकको हिउँदे वर्षा हिमाली क्षेत्रमा भएको हिमपातका कारण नखोलनालामा जलप्रवाह बढेकाले जलप्रवाही आयोजनाबाट विद्युत् उत्पादन बढेको छ । त्यस्तै मौसमी अनुकूलताका कारण घरायसी प्रयोजनमा हिटर बाल्नुपर्ने अथवा पङ्खा एसी चलाउनुपर्ने अवस्था पनि छैन । यसकारण लोड व्यवस्थापन सहजै हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो । “पिक आवरमा हामीलाई चाहिने १७ सय मेगावाट आसपासको विद्युत् व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या छैन, सर्वसाधारणलाई बिजुली दिन हामी सक्षम छौँ,” उहाँले भन्नुभयो, “आपूर्ति प्रणालीको सीमितताका कारण केही उद्योगमा पिक आवरमा विद्युत् नपुग्न सक्छ, पिक समयमा सामान्य अवस्थामा पनि उद्योग सञ्चालन नगर्ने भनिएको हुन्छ नै ।” प्राधिकरणको योजना अनुसार साँझ छ बजेसम्म देशभित्रका जलाशय तथा अर्धजलाशययुक्त आयोजनामा दिनभर पानी सञ्चित गरेर पिक आवरमा पूर्ण क्षमतामा चलाइने छ ।

गएको असोजमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् आयोजना तीव्रताका साथ पुनर्निर्माण गरी पूर्ण क्षमतामा चलाइएकाले पनि प्राधिकरणलाई अहिले सहज भएको देखिन्छ । पिक आवरमा ४५६ मेगावाटको अप्पर तामाकोशी, १४४ मेगावाटको कालीगण्डकी र कुलेखानी १, २ र ३ गरी १०६ मेगावाटलाई प्राधिकरणले यही रणनीति अनुसार सञ्चालन गर्ने छ । “हामीले चैत लाग्दासम्म पनि कुलेखानी चलाउनु परेको छैन,” घोषले भन्नुभयो, “पिकमा यो चलाउँदा हामीलाई सहज हुन्छ ।” विगतमा पनि प्राधिकरणले पिक आवरमा आइआइएक्समा बिजुली महँगो पर्ने भएकाले खासै आयात नगर्ने व्यवस्था मिलाइएको थियो । यसबाहेक नेपाल भारत दुईपक्षीय विनिमय समितिको सम्झौताका आधारमा प्राधिकरणले पिक आवरमा चाहिँदा विभिन्न प्रसारण लाइनमार्फत आपूर्ति गर्ने गरेको छ ।

पन्ध्र दिनपछि भने चुनौतीपूर्ण

प्राधिकरणले हालको अवस्थामा विद्युत् व्यवस्थापन सहज भने पनि अप्रिल २०२५ (यहि चैत १९ गते) देखि भने प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या पर्ने देखिएको छ । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न दुई देशीय विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी) ले सन् २०२६ मार्चसम्मका लागि दुई देशबिच विद्युत् खरिद बिक्रीको सम्झौता गरेको थियो । माघ २९ गते नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतीय समकक्षीबिचको सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकको सहमतिका आधारमा विनिमय समितिले मूल्य संशोधनसहित विद्युत् आदानप्रदानको सम्झौता गरेको थियो ।

आयातनिर्यात दुवैमा लागु हुने गरी १.५ प्रतिशतको मूल्यवृद्धिसहित यस्तो सम्झौता गरेको थियो तर सो सम्झौता नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले अझै स्वीकृत गरिसकेको छैन । यसलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत गर्नुपर्ने हुन्छ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई यो विषयमा समेत स्पष्टीकरण सोधिएकाले स्वीकृत गर्ने प्रक्रिया चलेकै छैन । आउँदो अप्रिल १ सम्म यसलाई स्वीकार गरी भारतीय पक्षलाई जानकारी नगराए अप्रिलदेखि दुई देशीय सम्झौताका आधारमा भइरहेको विद्युत् आयातनिर्यात बन्द हुने छ । यसरी बन्द हुँदा १३२ केभीका कटैया–कुसाहा, रामनगर–बर्दघाट, रक्सौल परवानीपुर र मनैया–सम्पत्तीया–बुटवल प्रसारण लाइनबाट भइरहेको नियमित आयात बन्द हुने छ । यसबाट विराटनगर बारापर्सा औद्योगिक कोरिडोर, भैरहवा तथा बुटवल क्षेत्रका औद्योगिक कोरिडोर र गार्हस्थ उपभोक्तासमेतको विद्युत् आपूर्तिमा समस्या आउने अवस्था रहेको प्राधिकरणले जनाएको छ । गोरखापत्रबाट साभार

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.