• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सुकुमवासी भएको सत्तरी वर्षमा जग्गाधनी पुर्जा

  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित

७० वर्षअघि बाढीपहिरोले घरबारविहीन भएर सुकुमवासी हुनुभएका ८१ वर्षीय सूर्यबहादुर नेगी अहिले जग्गाधनी पुर्जा पाएपछि फुरुङ्ग हुनुभएको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ मा विगत ४० वर्षदेखि आफैँले भोगचलन गर्दै आउनुभएको २९९.५८ वर्गमिटर जग्गाको धनीपुर्जा नेगीलाई आइतबार उपलब्ध गराइएको हो । रत्ननगर नगरपालिकाले गरेको सिफारिसका आधारमा भूमि समस्या समाधान आयोग, जिल्ला समिति चितवनले एक कार्यक्रमका बिच वृद्ध नेगीलाई पुर्जा उपलब्ध गराएको हो ।

चाउरिएको छालासँगै बुढो शरीर लिएर लौरोको सहारामा कार्यक्रमस्थलमा पुग्नुभएका नेगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले धनीपुर्जा उपलब्ध गराउनुभएको थियो ।

१० वर्षसम्म बिक्री वितरण तथा हक हस्तान्तरण गर्न नपाउने उल्लेख गरिएको सो पुर्जामा नेगीसँगै उहाँकी श्रीमती ७० वर्षीय सन्तमाया नेगीको समेत फोटो र नाम उल्लेख छ ।

“हामी मकवानपुरको फापरबारीमा रहेकै बेला २०११ सालमा बाढीपहिरोले घरबारविहीन बनाएको थियो । त्यहाँबाट बसाइँ सर्दासर्दै यो ठाउँ (रनपा १२) मा आइपुगेको हो । यो ठाउँमा हाम्रो परिवार विगत ४० वर्षदेखि बस्दै आएको छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म दुःख नै गरेर आएको हो । जुनै सरकार आए पनि काम भएको थिएन । अहिले पुर्जा पाइयो, खुसी लागेको छ ।”

चार छोरा र चार छोरी रहेका नेगीले आफ्नो मात्रै नभई अब देशभरका भूमिहीन जनताले धनीपुर्जा पाउनुपर्ने माग पनि गर्नुभयो । “जग्गाधनी पुर्जा नहुँदा कतिसम्म दुःख बेहोर्नु प¥यो भन्ने त यही ज्यानलाई थाहा छ । नपाउँदा पनि हामी सन्तोष नै मानेर बसेका थियौँ, आज पाइयो । सबैलाई धन्यवाद छ । मलाई मात्रै होइन, देशैभर भएका भूमिहीनलाई अब धनीपुर्जा उपलब्ध गराइयोस्,” उहाँले भन्नुभयो ।

नेगीसँगै चितवनका ३०२ दलित तथा भूमिहीन परिवारलाई आइतबार धनीपुर्जा उपलब्ध गराइएको हो ।

आयोगका जिल्ला समितिका अध्यक्ष इमानसिंह लामाका अनुसार पहिलो चरणमा चितवनमा रत्ननगर नगरपालिका–१२ का १६१, भरतपुर महानगरपालिका–११ का १२८, भरतपुर–१५ का नौ र भरतपुर–२६ का चार परिवारलाई पुर्जा वितरण गरिएको हो । “नेपालभरमै कतै पनि भूमि नभएका नेगी जस्तै भूमिहीन तथा दलितलाई पुर्जा उपलब्ध गराइको हो,” उहाँले भन्नुभयो, “यो काम चितवनमा निरन्तर जारी नै रहने छ ।”

राप्तीदुन परियोजनासँगै व्यवस्थित बस्ती विकास सुरु भएको चितवनमा पहिलो पटक जग्गाको नापी भएको २०२६ सालमा हो । परियोजनाले दिएको भोगचलन पुर्जा एवं मुखिया जिम्मावालले तत्कालीन अवस्थामा दिएको भोगचलनको रसिदका आधारमा सो जग्गाको नापी नक्सा र धनीपुर्जा उपलब्ध गराइएको थियो । नापी कार्यालय चितवनका अधिकृत लालबहादुर गुरुङ २०२६ सालयता भोगचलन गरिँदै आएका जग्गाको पुर्जा वितरण हुन नसकेको बताउनुहुन्छ । “चितवनमा नापी शाखाले २०२६ मा नापनक्सा गरेको हो । त्यसयता नापनक्सा भएको छैन । त्यही साल जग्गाको नक्साङ्कन गराउँदै सीमाङ्कनसमेत छुट्याउने काम भएको हो,” उहाँले भन्नुभयो ।

चितवनमा अझै पनि १० हजारभन्दा बढी भूमिहीन तथा सुकुमवासी रहेको तथ्याङ्क आयोगसँग छ । उनीहरूले क्रमशः धनीपुर्जा पाउँदै जाने तयारी छ । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले चितवनमा जस्तै देशैभर १० लाख ९७ हजार ६७० जना सुकुमवासी तथा भूमिहीन रहेको जानकारी दिनुभयो ।

“भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी बनाउन अप्ठ्यारा प्रक्रिया छन् । ती अप्ठ्यारा क्रमशः फुकाउँदै लालपुर्जा दिँदै जाने छौँ,” उहाँले भन्नुभयो । गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्रलगायतका जमिनमा बसोबास गरिरहेका भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउन कानुनी रूपमै बाधा भएको उहाँले जनाउनुभयो ।

तेह्र लाख भूमिहीनलाई जग्गाधनी बनाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले तीन वर्षभित्रमा नेपाललाई भूमिहीन नागरिकमुक्त देश बनाउने बताउनुभयो । चितवनका भूमिहीनलाई धनीपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले तीन वर्षभित्रमा नेपालमा १३ लाख भूमिहीनलाई जग्गाधनी बनाएर नेपाललाई भूमिहीनमुक्त बनाउने अभियानमा सरकार रहेको बताउनुभयो ।

“भूमिहीनलाई भूमि उपलब्ध गराउने कुरा हाम्रो संविधानले नै सुनिश्चित गरेको सवाल हो । अहिलेको सरकार १३ लाख भूमिहीनलाई धनीपुर्जा वितरण गर्ने तयारीका साथ योजना बनाएरै अगाडि बढेको छ,” उहाँले भन्नुभयो ।

“कानुनी जटिलता फुकाउनकै लागि सरकारले भूमिसम्बन्धी ऐन राष्ट्रिय सभामा प्रस्तुत गरेको छ । त्यो पारित गराएर पनि यो समस्या सधैँलाई समाधान गरिने छ,” उहाँले भन्नुभयो ।

सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.