• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

हिजो व्यवस्था परिवर्तन गर्न लँडे, अब अवस्था परिवर्तनका लागी लड्छु : सबिता लामा

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

बैशाख २५ ,चितवन । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा दल तथा दलका उम्मेदवारहरु मत माग्न मतदाताको घर-घर पुगिरहेका छन् ।चितवनको कालिका नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सबिता लामा पनि अहिले घर दैलोमा व्यस्त छिन् । सामाजिक कार्य हुँदै राजनीतिमा लागेकी सबिता सत्ता गठबन्धनमा उपमेयरको उम्मेदवार बनेकी हुन् । गठबन्धनबीच चुनावी तालमेल हुँदा कालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पायो । माओवादीले सबितालाई योग्य ठानेर उम्मेदवार बनाएको छ ।

कालिकाका जनता माझ लोकप्रिय सबितासँग १० वर्षे जनयुद्धको अनुभव छ । व्यवस्था परिवर्तनका लागि १० वर्षे जनयुद्धमा होमिएकी सबिता अहिले अवस्था परिवर्तनका लागि भन्दै चुनावी मैदानमा होमिएकी छन् । प्रस्तुत छ तिनै सबितासँग गरिएको कुराकानीको सम्पादित अंश :

कालिकाको उपमेयरमा तपाईको उम्मेदवारी किन ?

कालिका चितवनको पनि अली ग्रामीण भूभाग हो । यहाँ जनजाती र भूमिहिन तथा सुकुमबासीहरुको अली बढी बसोबास छ । गत चुनावमा भूमिहिनहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले प्रतिवद्धता अनुसार काम गरेको पाईएन ।

भूमिहिनलाई सधैं लालपूर्जाको सपना बाँड्ने तर काम नहुने अवस्था देखियो । यसैको लागि म यस पटक उपमेयरको रुपमा चुनावमा होमिएको हुँ । यससँगै यहाँका महिलाहरुको पनि अनेकौं समस्या छन् भने वर्षामा डुबानको समस्या पनि अझै ज्युँकात्युँ छ । यसलगायात समग्र यो नगरको बिकासका लागि मैले आफ्नो उम्मेदवारी दिएकी हुँ ।

यहाँको मुख्य समस्याहरु के छन् ?

मैले अघि पनि भने यहाँको मुख्य समस्या भनेकै भूमिहिन र सुकुमबासीहरुको हो । देशका बिभिन्न पालिकामा भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा पाइरहँदा यहाँका जनताले अझै पाउने प्रक्रिया नै सुरु भएको छैन । यस कारण यहाँका भूमिहिन सुकुम्बासीहरुले वर्षौंदेखि धेरै समस्या झेल्नु परेको छ । जग्गा राखेर केही गरौं भने लालपूर्जा छैन । यही कारण उहाँहरु आत्मनिर्भर हुने अवस्था छैन । मुख्य समस्या यो भयो ।

सँगै अघि भने जस्तै डुबानको समस्या छ । पदमपुरको बिभिन्न वडा डुबानमा पर्ने तर रोकथामको योजना केही अघि बढेको देखिदैन । समस्या छ भन्ने मात्रै तर निकासको बाटो के हो त भनेर योजना बनेको छैन । डुबानमा परेका क्षेत्रका जनतालाई राहत दिन्छु भन्ने तर नदिने । सधैं राहतको आश्वासन मात्रै दिने हो कि दिर्घकालिन समाधान पनि खोज्ने हो ? दिर्घकालिन समाधान खोज्नु पर्‍यो नि । यदी म लगायत हाम्रो गठबन्धन विजयी भयो भने हामी दिर्घकालिन समाधानको योजना बनाएर अघि बढ्छौं भन्ने प्रतिवद्धा जनाएका छौं । फेरि प्रतिवद्धता जनाएर हात बाँधेर बस्ने होइन । हामी फिल्डमा उत्रिन्छौं र नगरबासी सामु गरेको प्रतिवद्धता अनुसार काम गर्छौं भन्नेमा ढुक्क हुनुहोस् । जङ्गली जनावरबाट पनि यहाँका जनता त्यतिकै पीडित छन् । यसको पनि समाधान खोज्छौं ।

दश वर्षे जनयुद्धमा तपाई जनमुक्ती सेनाको रुपमा होमिनु भयो । अहिले जनप्रतिनिधिको रुपमा काम गर्न चुनावी मैदानमा होमिनु भएको छ । यि दुई फरक पाटो भए । स्थानीय सरकारको प्रतिनिधिको रुपमा काम गर्ने क्षेमता तपाईमा छ जस्तो लाग्छ त ?

हिजो व्यवस्था परिवर्तनका लागि जनयुद्धमा होमिए । दश वर्षे जनयुवद्धमा जनमुक्ती सेनामा रहेर लडे । त्यस बेला पनि महिलाले लड्न सक्दैन भन्थे । तर हामी सँग-सँगै जनयुद्धमा सहभागी भएर लड्यौं । पुरुषले झै मैदानमा लड्यौं । सफल पनि भयौं । व्यवस्था परिवर्तन पनि गर्‍यौं ।

तर व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तनको आभास भएको छैन । अहिले म किन चुनावमा होमिए भन्नु हुन्छ भने त्यो अवस्था परिवर्तनका लागि हो । दश वर्ष जनयुद्ध गरेर व्यवस्था परिवर्तन गर्न सक्यौं भने अवस्था परिवर्तन गर्न सक्ने क्षेमता छैन भन्ने हुन्छ र ? मुख्य कुरा इच्छा शक्ति हुनुपर्‍यो । म त्यो इच्छा शक्ति बोकेर नै चुनावी मैदानमा होमिएको हुँ ।

कालिकालाई कस्तो नगर बनाउने योजना छ ?

पहिलो कुरा त कालिकालाई हामी भ्रष्टचारमुक्त नगरपालिका बनाउन चाहन्छौं । हामी विजयी भयौं भने बनाउँछौं पनि । भ्रष्टचारीलाई हाम्रो नगरपालिकामा प्रवेश निषेध गर्छौं । अघि पनि भने मैले कि यहाँका भूमिहिन तथा सुकुम्बासीहरुलाई लालपूर्जा दिएर यो हाम्रो आफ्नै घर हो बन्ने आभास दिलाउछौं ।

चितवनको पनि अली ग्रामीण क्षेत्र भएकोले यहाँको सबै ठाउँमा शिक्षा स्वास्थ्यको सजह पहुँच छैन । शिक्षा स्वास्थ्यबाट कोही पनि बञ्चित हुन पर्ने अवस्था आउन दिने छैनौं । कालिकालाई नमूना पालिका बनाउछौं । एक जना पनि नगरबासीको शिर निहुरिने अवस्था आउन दिने छैनौं । यो भन्दा बढी त अब के भनौं ।

हिजोका दिनमा जनयुद्धमा होमिदा र अहिले जनप्रतिनिधिको रुपमा होमिदै गर्दा कतिको चुनौतीपूर्ण देख्नुभएको छ ?

चुनौती त हर्नुहोस् हरेक क्षेत्रमा हुन्छ । चुनौती छ बनेर चुप लागेर बस्ने कि सामना गर्न अघि बढ्ने । हिजो जे लक्ष्यका साथ दश वर्षे जनयुद्धमा होमिएको थियौं । त्यो पनि चुनौतीपूर्ण नै थियो । चुनौती छ भनेर त्यही बेला चुप लागेर हात बाँधेर बसेको भए व्यवस्था परिवर्तन सम्भव थिएन । त्यस बेला पनि चुनौतीको सामना गर्‍यौं अहिले पनि सामना गर्न तयार छु । म चुनौतीलाई अवसरको रुपमा लिन्छु ।

अब महिला भएको हिसाबले गर्न सक्दैन भनेर दबाउन खोज्ने त अझै पनि छन् । तर लिङ्गको आधारमा गर्न सक्छ सक्दैन भनेर दाँज्ने हो कि क्षेमता हेर्ने हो । हिजोको दिनमा ओनसरी घर्ती मगर हामीसँगै जनयुद्धमा होमिनु भएको हो । उहाँले अवसर पाउनु भयो । सभामुखको रुपमा कुशलतापूर्वक काम गर्नुभयो । महिला भएकै हिसाबले अवसर कम पाउने चाँही हो । तर अवसर पायौं भने हामी कोही भन्दा कमजोर छैनौं । र म निर्वाचित भएर महिला पनि कोही भन्दा कम छैन है भनेर प्रमाणित गर्न चाहन्छु ।

दश वर्षे जनयुद्ध गर्नु भएको तपाई जनप्रतिनिधिको रुपमा काम गर्नका लागि चुनावी मैदानमा उत्रिनु भएको छ । तपाईकै पालिकामा तपाईहरुसँगै जनयुद्ध लडेका धेरैको अवस्था दयनिय छ । तपाई निर्वाचित हुनु भयो भने सँगै लडेका ति साथीहरुका लागि के गर्नुहुन्छ ?

यो प्रश्न पक्कै पनि गम्भीर छ । हिजो व्यवस्था परिवर्तनका लागि लड्यौं । व्यवस्था परिवर्तन त भयो तर अवस्था परिवर्तन हुन सकेन । दु:खका साथ भन्नु पर्छ हामी सँगै लडेका धेरै योद्धाहरु अझै शरीरमा गोली बोकेर बस्नु परेको अवस्था छ । हाम्रो यही कालिकामा त्यस्ता घाइते साथीहरु धेरै छन् । उहाँहरुको व्यवस्थापन हुन सकेको छैन । पार्टी सरकारमा पुग्दा पनि जति गर्नु पर्ने हो त्यती हुन सकेको छैन ।

कयौं बेरोजगार छन् । कति जना मजदुरी गरेर मुस्किलले बिहान बेलुकाको छाक टार्नु परेको छ । म निर्वाचित भए भने यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाएर अघि बढ्छु । अब सबै स्थानीय सरकारले नै गर्न सक्ने अवस्था नहोला । यहाँबाट जति गर्न सकिन्छ गर्ने र प्रदेशदेखि केन्द्रसम्म पहल गर्ने काम मैले पक्का गर्नेछु । ति घाइतेहरुको उपचारको कुरा होस् या सिप सिकाएर स्वरोजगार बनाउने होस् । के कसरी गर्न सकिन्छ हामी गर्नेछौं ।

फेरि यसो भनिरहँदा अरु बिषय चाँही ओझेलमा पर्छन् भने होइन । म निर्वाचित भए भने म समग्र पालिकाको प्रतिनिधि हुन्छु । सबै जनता मेरो लागि समान हुन् । सबै जनतालाई समान व्यवहार गरेर अघि बढ्छु । सँगै मलाई कसले आफ्नो मत दिए कसले दिएनन् भनेर भेदभाव गर्दिन । मलाई मत दिने नदिने सबैलाई समान व्यवहार गर्छु ।

तपाई आँफै महिला उम्मेदवार । तपाई विजयी हुनु भयो महिलाका लागि के गर्नुहुन्छ ?

महिलाको बिषयमा हिजोको भन्दा आजको अवस्थामा केही नै केही परिवर्तन त आएको छ । तर जे जति हुनुपर्ने त्यही भएको छैन । अझै पनि महिलाहरु आत्म निर्भर हुन सकेका छैनन् ।

महिलालाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न सिपमुलक तालिमहरु गर्न सकिन्छ । सुन्दा सामान्य लाग्न सक्छ तर यसले महिलाको अवस्थामा धेरै परिवर्तन ल्याउन सक्छ । सामान्य सामान्य लाग्ने धेरै कुराहरु छन् जसले महिलालाई अघि बढाउन ठूलो भूमिका खेल्छ । त्यस्ता बिषयहरुलाई योजना बनाएर कार्यान्वयन गर्छौं । शिक्षा स्वास्थ्यमा महिलाको पहुँच सहज बनाउन सकिन्छ ।

महिलाहरुको समस्या के छन् भनेर उहाँहरुबाटै सुन्छु । यसो गर्दा खास समस्या के हो भनेर पहिचान गर्न सकिन्छ र त्यही अनुसार त्यसको समाधानको बाटो खोज्न सकिन्छ । अहिले नै म धेरै ठूला कुरा गर्दिन । मलाई ठूला कुरा गर्न पनि आउँदैन । विजयी भए भने काम गरेर देखाउँछु ।

चुनावको समयमा उम्मेदवारहरु मतदाताको घर-घर पुग्ने, अनेक सपना बाँड्ने तर विजयी भएपछि वेवास्ता गर्ने गुनासा सधैं जसो सुनिन्छ । उम्मेदवारहरुले मतदाताको विश्वास गुमाउँदै गएका छन् । यस्तो अवस्थामा मतदाताले तपाईलाई किन विश्वास गर्ने ? के छन् आधार ?

पहिलो कुरा २०-२२ वर्ष भयो म सामाजिक र राजनीतिक क्षेत्र लागेको । म अहिले चुनावको समयमा मात्रै मतदाताको घर-घर पुगेको होइन । म यस अघि पनि सामाजिक कार्य गर्दै निरन्तर उहाँहरुको घर-घरमा पुगेको छु ।

अर्को कुरा मतदाता भन्दा पहिला उहाँहरु मेरो आमा बुवा, दाजु भाई, दिदी बहिनी हुनुहुन्छ । अहिले उहाँहरुसँग मताधिकार छ । त्यो बिशुद्ध उहाँहरुको अधिकार हो । अहिले उहाँहरुले आफ्नो अधिकार प्रयोग गरेर मलाई जिताउनु भयो भने उहाँहरुको मन जित्ने गरी काम गर्ने कर्तव्य मेरो हो । र यदी मैले प्रतिवद्धता अनुसार काम गरिन भनेर किन काम भएन भनेर प्रश्न गर्ने अधिकार उहाँहरुसँग सुरक्षित छ । कुनै पनि बेला उहाँहरुले प्रश्न गर्न पाउनु हुन्छ । तर म विश्वस्त गराउन चाहन्छु कि त्यो दिन आउन दिने छैन ।

मैले जिते भने त्यो जित मेरो मात्र हुनेछैन । ति सुकुम्बासीहरुको जित हुनेछ । बिकास प्रेमीहरुको जित हुनेछ । पिछडिएका वर्गको जित हुनेछ । समग्र नगरपालिकाको जित हुनेछ । म विजयी भए भने जनताको सेवकको रुपमा काम गर्नेछु ।

अर्को कुरा के हो भने म काममा विश्वास गर्ने मान्छे हुँ । मैले ठूलो सपना बाँडेको छैन र बाँड्दिन पनि । अहिले यो गर्छु त्यो गर्छु भनेर ठूला कुरा गर्ने तर काम गरिन भने जनताले मलाई लखेट्छन् । म काम गरेर देखाउँछु । यही नै हो आधार । म धेरै बोल्दिन, भोलि मेरो काम बोल्छ । सकेको म गर्छु । स्थानीय तहबाट सकिन भने प्रदेशदेखि केन्द्रसम्म धाएर हुन्छ कि के गरेर हुन्छ म जनताको लागि काम गर्छु ।

तर म विजयी हुन सकिन भने पनि उहाँहरुलाई आवश्यक पर्दा जुन सुकै बेला सहयोग गर्न तयार छु । किन कि म मत मात्र जित्न आएको होइन । म मत सँगै जनताको मन पनि जित्न चुनावमा होमिएकी हुँ ।

आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.