• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित

काठमाडौं , चैत्र १०
स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई स्वच्छ र गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीले आधारभूत खानेपानीका लागि ९८ प्रतिशत जनसङ्ख्यामा विभिन्न आयोजना तथा भौतिक संरचना पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “९८ प्रतिशत जनसङ्ख्यामा पानीको संरचना पुर्‍याइए पनि आधारभूत पानीको पहुँच ९७ प्रतिशतमा मात्र पुगेको छ । निर्माण गरिएका संरचनामा विभिन्न प्राकृतिक प्रकोपका कारण क्षति पुगेकाले निर्माण अनुसारको पानीको पहुँच पुग्न नसकेको हो ।”

१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेनन् । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा नै सकिसकेको छ ।

सरकारले १६ औँ पञ्चवर्षीय योजनाको अन्त्य (२०८१/८२–२०८५/८६) सम्म गुणस्तरीय खानेपानीमा ४५ प्रतिशत जनसङ्ख्याको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद् बैठकमा पेस गरेको १६ औँ आवधिक योजनाको मसौदामा गुणस्तरीय खानेपानीमा ४५ प्रतिशत जनसङ्ख्याको पहुँच पुर्‍याउने लक्ष्य लिएको उल्लेख छ । १५ औँ पञ्चवर्षीय योजनामा दुइटै लक्ष्य प्राप्त हुन नसकेपछि फेरि नयाँ लक्ष्य तोकेको हो ।

त्यसै गरी दिगो विकास लक्ष्यले भने सन् २०२२ मा ५० प्रतिशत र सन् २०२५ भित्र ६५ प्रतिशत जनसङ्ख्यामा गुणस्तरीय खानेपानी पुर्‍याउने प्रक्षेपण गरेको थियो, जुन पूरा हुन सकेन ।

खानेपानी मन्त्रालयका सहसचिव दवाडीले खानेपानीको क्षेत्रमा आवश्यक बजेटको अभाव तथा खानेपानी आयोजना सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म विभाजित हुँदा खानेपानीमा लिएका लक्ष्य प्राप्त हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट हुँदै गएको छ ।

विश्व पानी दिवस मनाइयो

‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार नेपालसहित विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पानी दिवस मनाइएको छ । विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइएको हो ।

पानी दिवसको अवसरमा आयोजित ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा मन्त्री यादवले संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अगाडि बढाएको जानकारी दिनुभयो । नेपालमा खानेपानी सेवाको व्यवस्थित सुरुवात विसं १९४८ मा वीरधाराबाट सुरु भएको र पहिलो पञ्चवर्षीय योजना विसं २०१३ देखि खानेपानीलाई योजनाबद्ध रूपमा सम्बोधन गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आइएको छ ।गोरखापत्रबाट साभार

आइतबार, चैत १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.