बैशाख २५ , चितवन।चितवनमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा स्कुल बसको प्रयोग भएको छ । आइतबार भरतपुरको क्याम्पा चौरमा भइरहेको नेकपा एमालेको चुनावी कर्यक्रममा कर्यकर्ता ओसार्न स्कुल बसको प्रयोग भएको हो ।
कार्यक्रमका लागि ब्राइट स्टार स्कुल, सनलाइट इङ्लिस बोर्डिङ स्कुललगाएत स्कुलका गाडी प्रयोग भएको छ ।कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्दैछन् । ओलीको स्वागतका लागि एमालेका नेता-कार्यकर्ता भारतपुर विमानस्थलअगाडि जम्मा भएका छन् ।
तपाईको प्रतिक्रिया


